जनतामा छाएको नैराश्यताका कारण प्रधानमन्त्रीले एक्लै बस्दा डराउनुपर्ने स्थिति सिर्जना भएको थापाको भनाइ छ।
काठमाडौँ– कांग्रेस महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनता तर्साउने छुट नभएको बताएका छन्।
बिहीबार सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री डराउनुपर्ने बेला आएको बताएका हुन्। जनतामा छाएको नैराश्यताका कारण प्रधानमन्त्रीले एक्लै बस्दा डराउनुपर्ने स्थिति सिर्जना भएको उनको भनाइ छ।
“म त साँच्चिकै डराएको छु। मैले उहाँलाई पटक–पटक भनेको छु। नागरिकलाई नतर्साउनुस्। तर, प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने बेला भएको छ,” महामन्त्री थापाले भने, “दिनमा कम्तिमा आधा घण्टा समय निकाल्नुहोस्, भेटघाट बन्द गर्नुहोस् र एकपटक सोच्नुहोस्।”
प्रधानमन्त्री डरायो भने मात्र नागरिक डरबाट मुक्त हुने अवस्था आउने उनको दबी छ। आफूले यति धेरै मानिस निराश भएको कहिल्यै नदेखेको उनको भनाइ छ।
“मैले यति धेरै तन्नेरीहरू आत्तिएको कहिल्यै देखेको थिइन। यतिधेरै मानिस निराश भएको देखेको थिएन,” उनले भने “त्यसैले हामी नेतृत्वमा बसेकाहरू गम्भीर हुन आवश्यक छ।”
महामन्त्री थापाले सामुदायिक रेडियोको उन्नयनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए। समुदायलाई गलत सूचनाबाट जोगाउन सामुदायिक रेडियोको भूमिका महत्त्वपूर्ण हुने उनले स्पष्ट पारे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
