चेन्नईमा सम्पन्न तेस्रो तथा अन्तिम खेलमा भारतलाई २१ रनले हराउँदै पाहुना टोलीले सिरिज २–१ ले जितेको हो।
काठमाडौँ– अस्ट्रेलियाले घरेलु टोली भारतविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जितेको छ।
चेन्नईमा सम्पन्न तेस्रो तथा अन्तिम खेलमा भारतलाई २१ रनले हराउँदै पाहुना टोलीले सिरिज २–१ ले जितेको हो।
जितका लागि २७० रनको लक्ष्य पछ्याएको भारत ४९.१ ओभरमा २ ४८ रनमा अल आउट भएको थियो। भारतका विराट कोहलीले ७२ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ५४ रन बनाए।
ओपनर शुभमन गिल र रोहित शर्माले ६५ रन जोडे। हार्दिक पान्ड्या ४० बलमा ३ चौका र १ छक्कासहित ४० रनमा क्याच आउट भए। कप्तान रोहित शर्मा १७ बलमा २ चौका र २ छक्कासहित ३३ रन बनाए।
अस्ट्रेलियाका एडम जाम्पाले ४ तथा एस्टन अगरले २ विकेट लिए। सेन एबट र मार्कुस स्टोईनसका नाममा समान १/१ विकेट रह्यो।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलिया ४९ ओभरमा २६९ रन बनायो। उसका ओपनर मिचेल मार्शले ४७ तथा एलेक्स क्यारीले ३८ रन बनाए।
यस्तै ट्राभिस हेडले ३३, मार्नुस लाबुस्चानेले २८, सेन एबटले २६ तथा मार्कुस स्टोईनसले २५ रन बनाए। डेविड वार्नर २३ तथा एस्टन अगर १७ रनमा आउट भए।
भारतका हार्दिक पान्ड्या र कुलदिप यादवले समान ३र३ विकेट लिए। अक्षर पटेल र मोहम्मद सिराजका नाममा समान २/२ विकेट रह्यो।
सिरिजको पहिलो खेलमा भारत ५ विकेट र दोस्रो खेलमा अस्ट्रेलिया १० विकेटले विजयी भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
