अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले बुधबार सार्वजनिक गरेको गरेको नयाँ वरीयताअनुसार एक स्थान सुधार गर्दै नेपाल तेस्रो स्थानमा पुगेको हो।
काठमाडौँ - नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा एक स्थान सुधार गरेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले बुधबार सार्वजनिक गरेको गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो।
नयाँ वरीयतामा नेपाल १५औँ स्थानमा उक्लिएको छ। नेपाल यसअघि १६औँ स्थानमा थियो। नेपाल एशोसियट राष्ट्रतर्फ तेस्रो स्थानमा छ। नेपालभन्दा अगाडि स्कटल्यान्ड (१२औँ) र नेदरल्यान्ड् (१४औँ स्थानमा) छ।
स्कटल्यान्ड विश्वकप लिग २ ओडीआई सिरिजको उपाधि विजेता टोली हो। यही महिना समाप्त भएको सिरिजमा स्कटल्यान्डले ३६ खेलबाट ५० अंक जोडेको थियो।
नेपालभन्दा पछाडि लिग २ को उपविजेता ओमान रहेको छ। नामिबिया १७औँ, अमेरिका १८औँ र यूएई १९औँ स्थानमा छ। लिग २ को पुछारमा रहेको पपुवा खन्यू गिनी २०औँ स्थानमा रहेको छ।
नेपालले एक महिनामा लिग २ का १२ मध्ये ११ खेलमा जित हासिल गरेको थियो। यूएई भ्रमणमा नेपाल घरेलु टोलीसँग पराजित भएको थियो। नेपालले घरेलु मैदानमा आयोजना भएको स्कटल्यान्ड र नामिबिया तथा पपुवा खन्यू गिनी र यूएईविरुद्धको ओडीआई सिरिज क्लिन स्विप गरेको थियो।
नेपाल लिग २ मा ३६ खेलमा १९ मा जित र १५ मा हारसहित ४० अंकका साथ तेस्रो स्थानमा रह्यो। ओडीआई वरीयतामा भारत शीर्ष स्थानमा छ। अस्ट्रेलिया दोस्रो, न्यूजिल्यान्ड तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छ।
पाकिस्तान पाँचौँ, साउथ अफ्रिका छैटौँ, बंगलादेश सातौँ, श्रीलंका आठौँ, वेस्ट इन्डिज नवौँ, अफगानिस्तान दशौँ, आयरल्यान्ड ११औँ र जिम्बाबे १३औँ स्थानमा छ।
टी-२० आई वरियतामा भने नेपाल १६औँ स्थानमा यथावत् छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
