भूकम्पको धक्का पाकिस्तान, भारतको राजधानी नयाँ दिल्ली र उत्तर भारतका विभिन्न ठाउँमा महसुस गरिएको थियो। पाकिस्तानको राजधानी इस्लामाबादमा स्थानीयहरू आधा रातमा घरबाट बाहिर खुलास्थलमा निस्केका थिए।
अफगानिस्तानमा मंगलबार राति गएको शक्तिशाली भूकम्पमा ५ जनाको मृत्यु भएको छ।
अफगानिस्तानको लाघमान प्रान्तमा दुई र उत्तरी पाकिस्तानमा दुई बालबालिका सहित तीन जनाको मृत्यु भएको सीएनएनले जनाएको छ। भूकम्पमा परी कम्तीमा ३०० जना घाइते भएका छन्।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार पाकिस्तान र ताजिकिस्तानको सीमास्थित अफगानिस्तानको जुर्म शहरबाट ४० किलोमिटर दक्षिण–दक्षिणपूर्वमा केन्द्रबिन्दु बनाएर ६.५ म्याग्निच्युडको भूकम्प गएको थियो।
राति १०.१७ बजे गएको भूकम्पको धक्का पाकिस्तान, भारतको राजधानी नयाँ दिल्ली र उत्तर भारतका विभिन्न ठाउँमा महसुस गरिएको थियो। पाकिस्तानको राजधानी इस्लामाबादमा स्थानीयहरू आधा रातमा घरबाट बाहिर खुलास्थलमा निस्केका थिए।
पुन: भुइँचालो आउने डरले धेरैले पूरै रात बाहिरै बिताएको स्थानीयलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ।
भूकम्पपछि गएको पहिरोले पाकिस्तानको उत्तरी शहर एबोटाबादमा सडकहरू अवरूद्ध भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
