साफ यू–१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ४–१ गोल अन्तरले पराजित भएको छ।
काठमाडौँ– नेपाल साफ यू–१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा पराजित भएको छ।
बंगलादेशको ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा सोमबार सम्पन्न खेलमा नेपाल भारतसँग ४–१ को गोल अन्तरले पराजित भएको हो।
भारतको जितमा शिलजी शाहजीले ह्याट्रिक गोल गरिन्। पूजाको नामा एक गोल रह्यो। नेपालकी वर्षा ओलीले एक गोल फर्काइन्।
खेलको शुरूआतदेखि नै नेपाली पोस्टमा दबाब दिएको भारतले १०औँ मिनेटमा अग्रता लिएको थियो। भारतका लागि शिलजीले गोल गरिन्।
४०औँ मिनेटमा शिलजीले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरिन्। उनले वान भर्सेस वानको अवस्थामा सहजै फिनिसङ गरिन्।
त्यसको एक मिनेटमा शिलाजीले दिएको पासमा पूजाले गोल गर्दै भारतलाई पहिलो हाफमा ३–० को अग्रता दिलाइन्।
५४औँ मिनेटमा भारतीय डिफेन्डरले क्लिअर गर्न नसकेको बललाई नियन्त्रणमा लिँदै वर्षाले गोल गरिन्।
तर, ८१औँ मिनेटमा शिलजीले वान भर्सेस वानको अवस्थामा गोल गर्दै ह्याट्रिक पूरा गर्दै भारतलाई सहज जित दिलाइन्।
जितसँगै भारतले ३ अंक जोडेको छ। नेपाल अंकविहीन छ।
प्रतियोगितामा आयोजक बंगलादेशसँगै नेपाल, भारत र रुसको सहभागिता रहेको छ। नेपालले मार्च २२ मा भुटान, २६ मार्चमा रुस र २८ मार्चमा बंगलादेशसँग खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
