निर्वाचन आयोगले प्रतिनिधिसभामा रिक्त तनहुँ-१ र बारा-२ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ। चितवन-२ मा वैशाख १० मा निर्वाचन हुने घोषणा यसअघि नै भइसकेको छ।
काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभामा रिक्त तनहुँ-१ र बारा-२ मा आगामी वैशाख १० गते नै उपनिर्वाचन गर्ने निर्णय गरेको छ। आयोगको सोमबार बसेको बैठकले उपनिर्वाचनसम्बन्धी निर्णय गरेको हो।
आयोगले चितवन-२ मा यसअघि नै वैशाख १० गते निर्वाचन गर्ने निर्णय गरिसकेको छ। तीन वटै क्षेत्रमा बिहान ७ बजदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ।
गएको मंसिर ४ गते भएको आमनिर्वाचनमा तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा–२ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि ती क्षेत्र खाली भएका थिए। नेपालको संविधानको धारा ६२ को उपधारा (६) र धारा ६७ को उपधारा (३) मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहको व्यक्ति राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भए अघिल्लो पद स्वतः रिक्त हुने व्यवस्था छ।
त्यस्तै, संविधानको धारा ८४ को उपधारा (७) बमोजिम प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थानमा जुन निर्वाचन प्रणालीबाट निर्वाचित भएको हो सोही प्रक्रियाद्वारा पूर्ति गरिने व्यवस्था छ। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ मा यस्तो पदपूर्ति आयोगले तोकेको मितिमा हुने उपनिर्वाचनबाट गरिने व्यवस्था बमोजिम उपनिर्वाचनको मिति र निर्वाचनसम्बन्धी कार्यक्रम स्वीकृत गरिएको आयोगले जनाएको छ।
चितवन-२ मा भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता पुन: प्राप्तिको प्रक्रिया नमिलेको भन्दै सर्वोच्च अदालतले उनलाई उम्मेदवारी दिन अयोग्य भएको फैसला सुनाएको थियो। उक्त फैसलापछि लामिछानेले सांसद पद गुमाएका थिए।
तीनवटै क्षेत्रमा हुने उपनिर्वाचनका लागि चैत १६ गते आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, चैत २० गते उम्मेदवारको मनोनयन दर्ता र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिने कार्यतालिका छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
