रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने तल्ला निकायबाट सिफारिस भएको प्रतिवेदन महान्यायाधिवक्ताको कार्यालयले अध्ययन गरिरहेको छ।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने तल्ला निकायबाट सिफारिस भएको प्रतिवेदन महान्यायाधिवक्ताको कार्यालयले अध्ययन गरिरहेको छ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ हुँदै उच्च सरकारी वकिलको कार्यालयले पनि मुद्दा नचल्ने रायसहित सिफारिस गरेको प्रतिवेदन महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो।
महान्यायाधिवक्ताको कार्यालयमा सहन्यायाधिवक्ता र नायब महान्यायाधिवक्ताले पनि अध्ययन गरेपछि महान्यायाधिवक्ताले सो प्रतिवेदनको अध्ययन गरिरहेका हुन्। महान्यायाधिवक्ता कार्यालयका एक अधिकारीका अनुसार सोमबार नै मुद्दाका विषयमा निर्णय गर्न लागिएको हो।
महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले सहन्यायाधिवक्ता र नायब महान्यायाधिवक्ताको विचारसहितको फायल आफूकहाँ आएको र आफूले अध्ययन गरिरहेको जानकारी दिए।
“मकहाँ फायल आएको छ। म अध्ययन गर्दै छु। भ्याए आजै निर्णय गर्छु नभए भोलि गर्छु,” उनले भने, “हामीले कि चलाउने निर्णय गर्छौं। कि नचलाउने निर्णय गर्छौं। कि थप अनुसन्धानका लागि भन्छौँ।”
उनले यो विषय लामो समयसम्म राख्न आवश्यक नभएको भन्दै सकेसम्म सोमबार टुंगो लगाउने जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
