चिनियाँ राष्ट्रपति सी चिनफिङले इतिहासमा चीन र रुसबीचको सम्बन्ध कठिन परिस्थितिबाट गुज्रिएको भएपनि समयक्रमसँगै दुई देशबीचको सम्बन्ध मजबुत बनेको बताएका छन्।
चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन–रुसको मित्रवत् सम्बन्धमा नयाँ अध्याय शुरू भएको बताएका छन्।
रुसी राष्ट्रपति भ्लादिमीर पुटिनको निमन्त्रणामा रुसको तीन दिने भ्रमणमा निस्कनुअघि चिनियाँ राष्ट्रपति सीले दुई मुलुकको मित्रता समयक्रमले थप मजबुत बनेको दोहोर्याएको रुसी सरकारी मिडिया तासले जनाएको छ।
सी सोमबार रुस भ्रमणमा निस्किने भनिए पनि समयतालिका भने सार्वजनिक गरिएको छैन। यद्यपि, उनी सोमबार दिउँसो मस्को पुग्ने र त्यसलगत्तै पुटिनसँग भेट गर्ने एपी न्युजले लेखेको छ।
रुस र चीनको सम्बन्ध इतिहासमा कठिन परिस्थितिबाट गुज्रिए पनि अन्त्यमा बलियो प्रमाणित भएको चिनियाँ राष्ट्रपति सीले रुसी दैनिक गाजेटसँगको अन्तर्वार्तामा भनेका थिए। सोमबार रुसको भ्रमणमा निस्किनुअघि सीले ‘चीन–रुसको मित्रता, साझेदारी र साझा विकासको नयाँ अध्याय थालनीमा अघि बढ्दै’ शीर्षकको हस्ताक्षरसहितको आर्टिकल सार्वजनिक गरेका छन्। त्यस आर्टिकल रुसी मिडिया गाजेट र आरआईए नोभोस्तिको वेबसाइटमा प्रकाशित छ।
“दश वर्षअघि पहिलोपटक राष्ट्रपति निर्वाचित हुँदा विदेश भ्रमणमा गएको पहिलो देश पनि रुस नै हो। अहिलेसम्म ८ पटक रुसको भ्रमण गरिसकेँ। उच्च अपेक्षासहितका हरेक भ्रमणले सधैँ सकारात्मक नतिजा ल्याएको छ र यसले राष्ट्रपति पुटिनसँगै दुई पक्षीय सम्बन्धमा नयाँ अध्याय शुरू गरेको हो”, चिनियाँ राष्ट्रपति सीले आर्टिकलमा लेखेका छन्, “दुई मुलुकबीचको ७० बर्से असाधारण यात्रालाई हेर्दा हामीले थप बलिया सम्बन्ध विकसित गरेका छौँ र हाम्रो मित्रता थप बलियो बनिरहेको छ। राज्य राज्यबीचको अन्तरक्रियाले सही मार्ग भेट्टाएको छ, जुन बदलिँदो अन्तर्राष्ट्रिय परिस्थिति, इतिहास र वास्तविकतामा उभिनका लागि मित्रताको आधारभूत तत्त्व समेत हो।”
सी थप्छन्, “मेरो रुस भ्रमण मित्रता, साझेदारी र शान्तिको यात्रा रहनेछ। हाम्रो सम्बन्धमा सहकार्य र योजनाको आवश्यक छ। साथै, सोचाइमा सृजनशील बन्ने, नयाँ अवसर र नयाँ प्रेरणा जगाउन पनि आवश्यक छ। द्विपक्षीय साझेदारीलाई उच्च स्थानमा पुर्याउन आपसी विश्वास बढाउन पनि आवश्यक छ।”
सीको भ्रमणका क्रममा दुई समकक्षीबीच व्यापक साझेदारी र रणनीतिक सहयोगबारे सम्झौता हुने रुसको भनाइ छ। मार्च २० देखि २२ तारिखसम्म रुसको भ्रमण रहने चिनियाँ राष्ट्रपति सीले मस्कोमा मार्च २१ मा विभिन्न विषयमा सम्झौता गर्ने तासले उल्लेख गरेको छ।
पुटिन र सीबीच विकास साझेदारी र रणनीतिक सहकार्यसहित विविध समसामयिक विषयमा कुराकानी हुने बताइएको छ।
युक्रेनमा आक्रमण शुरू गरेपछि रुसको आलोचना गर्दै आएका पश्चिमा मुलुकसहित विश्वभरबाट पुटिन र सीबीचको भेटवार्ताप्रति चासो व्यक्त गरिएको छ। युक्रेन युद्धमा आफूलाई तटस्थ देखाइरहे पनि चीन पूर्ण रूपमा रुसको पक्षमा रहेको पश्चिमा मिडियाहरूको विश्लेषण छ।
-एजेन्सी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
