भूकम्पका कारण दक्षिणी एल ओरा प्रान्त सबैभन्दा बढी प्रभावित छ। अधिकांश सडक अवरुद्ध भएका छन्। घर, शैक्षिक तथा स्वास्थ्य सेवाका भवन क्षतिग्रस्त भएको स्थानीय अधिकारीले जनाएका छन्।
दक्षिण अमेरिकी देश इक्वेडरको दक्षिणी तटीय क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या १२ पुगेको छ।
घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ। उनीहरुको संख्या यकिन हुन सकेको छैन। त्यहाँको दोस्रो ठूलो शहर ग्वायाकिलबाट ८० किलोमिटर दूरीमा रहेको बालाओ भन्ने स्थान केन्द्र बनाएर भूकम्प गएको बीबीसीले जनाएको छ।
स्थानीय समयानुसार शनिबार साँझ ५ बजे ६.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो। मानाबी, मान्टा र राजधानी कितोसहित थुप्रै शहरसहित छिमेकी मुलुक पेरुको उत्तरी क्षेत्रमा समेत भूकम्पको धक्का महसुस गरिएको बताइएको छ।
भूकम्पका कारण दक्षिणी एल ओरा प्रान्त सबैभन्दा बढी प्रभावित छ। भत्किएका संरचनाभित्र थुप्रै मानिसहरू फसिरहेको आपतकालीन सेवामा काम गरिरहेका मानिसलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ।
भूकम्पपछि गएको पहिरोका कारण अधिकांश सडक अवरुद्ध भएका छन्। थुप्रै घर, शैक्षिक तथा स्वास्थ्य सेवाका भवन क्षतिग्रस्त भएको स्थानीय अधिकारीले जनाएका छन्।
भूकम्प प्रभावितको सहयोगका लागि टोली परिचालन गरिएको भन्दै इक्वेडरका राष्ट्रपति गुलेर्मो लास्सोले सबैलाई शान्त रहन आग्रह गरेका छन्।
यसअघि इक्वेडरमा सन् २०१६ मा गएको भूकम्पमा ७०० जनाको ज्यान गएको थियो। अहिले त्यसयताकै शक्तिशाली भूकम्प गएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
