चालक तथा यात्रुले ट्राफिक नियम नमान्दा धेरै दुर्घटना हुने गरेका छन्। यसको न्यूनीकरणका लागि छड्के जाँच, जनचेतना फैलाउने, टाइम कार्ड र ‘रिफ्रेस सेन्टर’को व्यवस्था गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
बैतडी– सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटना बढ्दै गएको छ। यसबाट प्रदेशका नौवटा जिल्लामा ठूलो जनधनको क्षति भएको छ।
तीन वर्षयता यहाँ एक हजार १४६ सवारी दुर्घटना भएका छन्। उक्त दुर्घटनामा ५०३ जनाको ज्यान गएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा परेका छन्। चालु आर्थिक वर्षको आठ महिनामा मात्रै सवारी दुर्घटनामा परेर १२१ जनाले ज्यान गुमाएका छन्। २०७८/७९ मा ५०१ सवारी दुर्घटनामा १९६ जना र २०७७/७८ मा ५५८ दुर्घटनामा १८६ जनाको मृत्यु भएको छ।
दुर्घटनामा परेर अंगभंग हुनेको तथ्यांक नरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी नेत्रमणि गिरीले बताए। “सवारी दुर्घटना हुने मुख्य कारण ट्राफिक नियमको पालना नगर्नु नै हो,” एसपी गिरीले भने, “सबै सवारी चालकले ट्राफिक नियमको पालना गर्ने हो भने दुर्घटना निकै कम हुने देखिन्छ।”
कतिपय दुर्घटना सडकको अवस्थाका कारण पनि हुने गरेको उनको भनाइ छ। यसका साथै मोटरसाइकल चलाउँदा हेलमेट प्रयोग नगर्नु, सवारीसाधनको गति तीव्र हुनु, सडकमा सवारीको चाप बढ्दै जानु, सडक पुराना र साँघुरो हुनु र प्रहरीलाई छलेर क्षमताभन्दा बढी भार बोक्नुलगायत कारणले दुर्घटना बढ्दै गएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
यस्तै सवारीसाधनमा आउने यान्त्रिक गडबडी, ओभरलोड, ब्रेकफेल, टायर पन्चर र बत्तीका कारण पनि दुर्घटना हुने गरेको छ। चढ्दा र ओर्लँदा ख्याल नगर्दा, झुन्डिएर तथा छतमा यात्रा गर्दा र बाटो काट्दा होस नपुर्याउँदा पनि दुर्घटना भएका छन्।
सडकका कारण हुने दुर्घटनामा भने खाल्डाखुल्डी, साँघुरो बाटो, बाटोमा हुने निर्माण सामग्री, उकालो–ओरालो, घुम्ती र मोड, ढल, जीर्ण सडकलगायत छन्। यस्तै हुस्सु, कुहिरो, बाढी–पहिरो र हावाहुरीका कारण पनि दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ।
यसको न्यूनीकरणका लागि छड्के जाँच, जनचेतना फैलाउने, टाइम कार्ड र ‘रिफ्रेस सेन्टर’को व्यवस्था गरिएको एसपी गिरीले बताए। “नियमित जाँचसँगै जनचेतनामूलक सन्देश दिँदै आएका छौँ। प्रदेशभर २०० ठाउँमा सचेतनामूलक होर्डिङ बोर्ड राखेका छौँ। चालकसँग एक मिनेट कार्यक्रम सञ्चालनमा छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
