स्ववियु नेतृत्व चयनका लागि बिहान ८ बजेदेखि शुरू भएको मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ।
काठमाडौँ- त्रिभुवन विश्वविद्यालयसहित आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) नेतृत्वका लागि मतदान जारी छ।
आइतबार बिहान ८ बजेबाट नै काठमाडौँ उपत्यकासहित देशका अन्य सम्बन्धन प्राप्त क्याम्मसहरूमा मतदान शुरू भएको हो। ६० वटा आंगिक र १ हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमध्ये अधिकांशमा आज स्ववियु नेतृत्वका लागि मतदान भइरहेको हो।
काठमाडौँको रत्नराज्य क्याम्पससहितका देशका अन्य केही क्याम्पसहरूमा भने आन्तरिक विवादका कारण मतदान हुन सकेको छैन। त्यस्तै, काठमाडौँका त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, थापाथली क्याम्पस, शंकरदेव क्याम्पस, ल क्याम्पस, विश्वभाषा क्याम्पस, वाल्मीकि क्याम्पसहरूमा मतदान शुरू भएको छ।
बिहान ८ देखि शुरू भएको मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ। प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं. २०६५ देखि नियमित हुन सकेको थिएन।
यसपटक भने निर्वाचनका लागि अधिकांश क्याम्पसहरूमा मतदान नै शुरू भइसकेको हो। विद्यार्थीहरू स्ववियुको नेतृत्व चयनका लागि बिहानैदेखि क्याम्पस परिसरमा लामबद्ध भएको देख्न सकिन्छ।
स्ववियु निर्वाचनलाई मध्यनजर गरी निर्वाचन हुने क्याम्पसहरूमा सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
