मन्त्री किराँतीले नेपालमा पर्यटनका लागि अथाह सम्भावना भए पनि नीति अभावका कारण समस्या भएको बताएका छन्।
काठमाडौँ– नेपालमा पर्यटननीति नै नभएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित नेपाल थामी समाजको छैटौँ राष्ट्रिय महाधिवेशनमा बोल्दै मन्त्री किराँतीले मुलुकमा संस्कृति र पर्यटनसम्बन्धी नीति नै नभएको स्वीकार गरेका हुन्।
उनले अबको नेपालको पर्यटन नेपालीपनको हुने घोषणा गरे। अबको पर्यटन रैथाने स्वाद र संस्कृतिसहितको हुनुपर्ने उनको भनाइ थियो।
मन्त्री किरातीले नेपालमा पर्यटनका लागि अथाह सम्भावना भए पनि त्यसको परिचालन गर्ने नीतिहरूकै अभाव देखिएको बताए। उनले मुलुकको पर्यटन व्यवसायलाई अघि बढाउनका लागि सोसम्बन्धी अध्ययन, अनुसन्धान हुनुपर्नेमा पनि जोड दिए।
मन्त्री किरातीले अन्य देशका कल्चर सेन्टरहरू नेपालमा भए पनि नेपालले भने सो काम नगरेकाले यहाँका संस्कृतिहरू लोप हुने अवस्था पुगेको बताए। उनले नेपालीपनको विकास गरेर मात्रै नेपालले पर्यटनको क्षेत्रमा उल्लेख्य प्रगति गर्न जिकिर गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
