१८९ रनको लक्ष्य पछ्याएको भारतले ३९.५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। उसका केएल राहुलले अविजित ७५ तथा रविन्द्र जडेजाले ४५ रन बनाए।
काठमाडौँ– अस्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा भारत ५ विकेटले विजयी भएको छ।
जितसँगै भारतले तीन खेलको एकदिवसीय शृंखलामा १–० को अग्रता बनाएको छ। शुक्रबार राति मुम्बईमा १८९ रनको लक्ष्य पछ्याएको भारतले ३९.५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो।
उसका केएल राहुलले अविजित ७५ तथा रविन्द्र जडेजाले ४५ रन बनाए। अस्ट्रेलियाका मिचेल स्टार्सले ३ तथा मार्कुस स्टोनिसले २ विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलिया ३५.४ ओभरमा १८८ रन बनाएर अलआउट भएको थियो। उसका मिचेल मार्सले सर्वाधिक ८१ रन बनाए।
भारतका मोहम्मद शामी र मोहम्मद शिराजले ३/३ विकेट लिए। दोस्रो एकदिवसीय खेल आइतबार र तेस्रो खेल बुधबार हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
