अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसी राष्ट्रपति पुटिनलाई युद्ध अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको जनाइएको छ।
काठमाडौँ– अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। आईसीसीले शुक्रबार रुसी राष्ट्रपति पुटिनलाई युक्रेनमा भएको युद्ध अपराधका लागि जिम्मेवार रहेको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो।
मस्कोले छिमेकी देश युक्रेनमा जारी युद्धमा कुनै पनि प्रकारको अत्याचार नगरेको बताउँदै आएको छ। रुसले युक्रेनविरुद्ध शुरू गरेको सैनिक कारबाही एक वर्ष पूरा भइसकेको छ।
आईसीसीले बालबालिकालाई गैरकानूनी रूपमा देश निकाला गरेको र युक्रेनको भू–भागबाट गैरकानूनी रूपमा मानिसहरूलाई रुसमा स्थानान्तरण गरेको आरोपमा पुटिनलाई पक्राउ गर्न पुर्जी जारी गरेको हो।
यस्तै, रुसीको राष्ट्रपति कार्यालयकी बालअधिकार आयुक्त मारिया अलेक्सेभना लभोभा-बेलोभालाई पनि पक्राउ गर्न पुर्जी जारी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एपीन्युज र रोयटर्सले जनाएका छन्।
आईसीसीले आफ्नो विज्ञप्तिमा रुसी राष्ट्रपति पुटिन युक्रेनको कब्जा गरिएको क्षेत्रबाट बालबालिकाहरूलाई गैरकानूनी रूपमा रूसमा हस्तान्तरण गरिएको र युद्धका क्रममा बालबालिकाहरूलाई गैरकानूनी रूपमा निर्वासनमा पठाउन जिम्मेवार रहेको उल्लेख गरेको छ।
आईसीसीको 'प्रि–ट्रायल चेम्बर'ले कब्जा गरिएको युक्रेनी क्षेत्रबाट जनतालाई रुसमा हस्तान्तरण गर्दा पनि पूर्वाग्रह राखेको आधार फेला पारेको जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
