नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउन पहल गर्ने बताएका छन्।
काठमाडौँ– नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुत र प्रवर्द्धन गर्न पहल गर्ने बताएका छन्। शुक्रबार उपराष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
उनले मुलुकलाई समृद्धितर्फ लैजाने काममा पनि आफू लाग्ने बताए। शान्ति प्रक्रियाका काम निष्कर्षमा पुर्याउन बाँकी रहेको भन्दै त्यसलाई निष्कर्षमा पुर्याउनका लागि आफ्नो तर्फबाट प्रयास हुने उनको भनाइ छ।
“शान्ति प्रक्रियाका कामहरू निष्कर्षमा पुर्याउन बाँकी छ, त्यसलाई निष्कर्षमा पुर्याउनका लागि पनि मेरो तर्फबाट प्रयास हुनेछ। हाम्रो क्षेत्रका जनताकै मतका कारण यहाँसम्म आइपुगेको हो। उहाँहरूसहित देशका सबै जनतालाई हार्दिक धन्यावाद र आभार व्यक्त गर्छु,” उनले भने।
शुक्रबार भएको उपराष्ट्रपति पदको निर्वाचनमा जसपा नेता यादव विजयी भएका हुन्। उनले प्रदेशसभाबाट ३२९ र संघीय संसद्बाट १८४ जना सांसदको मत पाए।
उनको प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्यले प्रदेशसभाबाट १६९ र संघीय संसद्बाट १०४ जना सांसदको मत प्राप्त गरिन्। त्यस्तै, अर्का उपराष्ट्रपतिका उम्मेदवार जनमत पार्टीकी नेता ममता झाले प्रदेशसभाबाट १५ र संघीय संसद्बाट २३ सांसदको मत प्राप्त गरिन्।
त्यस्तै, जसपा उम्मेदवार प्रमीला कुमारीले प्रदेशसभामा एक मत प्राप्त गरिन् भने संघीय संसद्बाट कुनै पनि मत प्राप्त गरिनन्। यद्यपि, उनले यसअघि नै आफ्नो उम्मेदवारी निष्क्रिय बनाएकी थिइन्।
उपराष्ट्रपति निर्वाचनअन्तर्गत शुक्रबार बानेश्वरस्थित संसद् भवनमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो। जसमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ गरी ८२९ मत खसेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
