उपराष्ट्रपति चयनका लागि शुक्रबार भएको निर्वाचनमा रामसहायप्रसाद यादवले ३० हजार ३२८ मतभार पाएका छन्।
काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा विजयी भएका छन्।
उपराष्ट्रपति चयनका लागि शुक्रबार भएको निर्वाचनमा यादवले ३० हजार ३२८ मतभार पाएका छन्। उनले १८४ संघीय सांसद र ३२९ प्रदेश सांसदको मत पाएका हुन्।
संघीय संसद्को ल्होत्से कक्षमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उपराष्ट्रपति चयनका लागि मतदान भएको थियो।
उपराष्ट्रपतिका लागि जसपाका रामसहायप्रसाद यादव, नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झा उम्मेदवार रहेका थिए।
त्यस्तै, उनका निकटतम प्रतिस्पर्धी एमालेका अष्टलक्ष्मी शाक्य (बोहरा)ले १०४ संघीय सांसद र १६९ प्रदेशसभा सांसदको मत पाएकी छन्।
जनमत पार्टीका ममता झाले भने २३ संघीय सांसद र १५ प्रदेशसभा सांसदको मत पाइन्।
उपराष्ट्रपति निर्वाचनमा ३३३ संघीय सांसद र ५५० प्रदेशसभा सदस्य मतदाता रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
