महोत्तरीको भंगाहा नगरपालिका-८ पररियामा बिहीबार भएको घटनाको छानबिनका लागि गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको हो।
काठमाडौँ- महोत्तरीको भंगाहामा भएको घटनाको छानबिन गर्न सरकारले समिति गठन गरेको छ। जिल्लाको भंगाहा नगरपालिका-८ पररियामा बिहीबार भएको घटनाको छानबिनका लागि गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको हो।
मन्त्रालयले सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो। गृहमन्त्रीस्तरीय निर्णयबाट समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जनाए। समितिलाई सात दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ।
समितिका सदस्यमा प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधान राष्ट्रिय अनुसन्धान विभागका सह–अनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृहमन्त्रालयका उपसचिव विश्वराज मरासेनी रहेका छन्।
भंगहा-८ पररियामा बिहीबार छठको अवसरमा आयोजित कलस यात्राका क्रममा हिन्दु सम्राट समूह र मुस्लिम समुदायबीच झडप भएको थियो। घटनामा केही व्यक्ति घाइते भएका थिए। स्थिति सामान्यीकरण गर्न स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो। शुक्रबार जिल्ला प्रशासन कार्यालय महोत्तरीमा बसेको सर्वपक्षीय बैठकले आठबुँदे सहमति गरेको थियो।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
