सशस्त्र बलले लिबियाको पूर्वी क्षेत्रबाट दशवटा ड्रममा राखिएको अवस्थामा युरेनियम भेटेको हो।
लिबियामा हराएको भनिएको साढे २ टन प्राकृतिक युरेनियम भेटिएको छ।
सशस्त्र बलले लिबियाको पूर्वी क्षेत्रमा रहेको चाडबाट दशवटा ड्रममा राखिएको अवस्थामा युरेनियमको कच्चा पदार्थ भेटिएको बताएको छ। यसबारे सुनिश्चित गर्ने प्रयास भइरहेको सशस्त्र बलको भनाइ छ।
युरेनियम फेला परेको स्थान सरकार नियन्त्रित क्षेत्र नभएको बीबीसीले लेखेको छ।
यसअघि अन्तर्राष्ट्रिय आणविक ऊर्जा केन्द्र (आईएईए)ले लिबियामा सरकारी नियन्त्रणमा नरहेको क्षेत्रबाट युरेनियमको कच्चा पदार्थ हराएको बताएको थियो। युरेनियम विशेष गरी आणविक हतियार बनाउन प्रयोग हुने बहुमूल्य खनिज पदार्थ हो। तर हाल फेला परेको युरेनियमबाट तत्काल आणविक हतियार बनाउन सम्भव नहुने बताइएको छ। सो कच्चा पदार्थ आणविक कार्यक्रमका लागि भने प्रयोग गर्न सकिने बताइएको थियो।
सन् २००३ मा लिबियाका तत्कालीन सैन्य शासक कर्णेल मुहाम्मार गद्दाफीले देशमा युरेनियम , रासायनिक हतियार र कुनै प्रकारको जैविक हतियार छ भन्ने कुरा सार्वजनिक रूपमै अस्वीकार गरेका थिए। तर त्यसपछि सन् २०११ मा उनी मारिएपछि मुलुक राजनीतिक र सैन्य गरी दुई भागमा विभाजित थियो। अहिले भने लिबियाको राजधानी ट्रिपोली अन्तरिम र अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारमा विभाजित छ। र पूर्वी क्षेत्र नियन्त्रणमा छ।
हालै युरेनियम भेटिएको स्थान यी दुवैको नियन्त्रणमा छैन। तर बिहीबार युरेनियम भेटिएको भन्ने खबर सैन्य बल एवं स्वघोषित लिबियन नेशनल आर्मी (एलएनए) ले सार्वजनिक गरेको थियो।
युरेनियम भेटिएको स्थानमा तत्काल पुग्न कठिन भएको आईएईएको भनाइ छ।
लिबियाका कतिपय स्थान गरैकानूनी हातहतियारको अखडा बन्दै गएको बीबीसीले उल्लेख गरेको छ।
-एजेन्सी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
