यस वर्षको शुरूआतदेखि वेस्ट ब्यांक क्षेत्रमा इजरायली आक्रमण बढेको हो। यसबीचमा लडाकु र सर्वसाधारण गरी ८० जना प्यालेस्टिनी मारिएका छन्।
वेस्ट ब्यांकको जेनिन शहरमा इजरायली आक्रमणमा परी ४ प्यालेस्टिनीको मृत्यु भएको छ।
इजरायली नियन्त्रणमा रहेको सो शहरमा बिहीबार भएको आक्रमणमा १६ वर्षीय बालकसमेत मारिएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।
इरायली सेनाले भने आतंकवादी गतिविधिमा संलग्न दुई जना विद्रोही लडाकु र अर्का एक आक्रमणकारीलाई मारेको बताएको छ। ती बन्दुकधारी आक्रमणकारी र सेनाबीच केही समय गोली हानाहानसमेत भएको सेनाको दाबी छ।
गोली हानाहानमा २० जना प्यालिस्टिनी घाइते भएको बीबीसीले जनाएको छ। बीबीसीका अनुसार इजरायली सुरक्षा बलको विशेष टोली, शिन बेट सेक्युरिटी सर्भिस र सीमा प्रहरी बिहीबार दिउँसो शहरको मध्य क्षेत्रमा आएर गोली चलाएका थिए।
यस वर्षको शुरूआतदेखि वेस्ट ब्यांक क्षेत्रमा इजरायली आक्रमण बढेको छ। साथै, इजरायललक्षित प्यालेस्टिनी आक्रमण पनि बढेको बीबीसीमा उल्लेख छ।
यसबीचमा लडाकु र सर्वसाधारण गरी ८० जना प्यालेस्टिनी र १३ जना इजरायली नागरिक मारिएको तथ्यांक छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
