उपराष्ट्रपतिका लागि एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादीबाट रामसहाय यादव र प्रमीलाकुमारी यादव उम्मेदवार छन्।
काठमाडौँ– उपराष्ट्रपतिको निर्वाचन प्रक्रियाअन्तर्गत आज मतदान हुँदैछ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान १० देखि अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले बताइन्। मतदान सम्पन्न भए लगत्तै मतगणना सुरु गर्ने र साँझ ६ बजेभित्र नतिजा सार्वजनिक गर्ने कार्यालयको तयारी छ।
उपराष्ट्रपतिका लागि चार जना उम्मेदवार छन्। एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादीबाट प्रमीलाकुमारी यादव र रामसहाय यादव उम्मेदवार छन्।
प्रमिलाकुमारीले भने आफूले उम्मेदवारी फिर्ता लिएको बताएकी छन्। तर, तोकिएको समयसीमाभित्र उम्मेदवारी फिर्ता नलिएकाले मतपत्रमा उनको नामसमेत राखिएको छ।
रामसहायलाई कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन छ। ममतालाई लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन छ।
उपराष्ट्रपति निर्वाचनका लागि ९८० थान मतपत्र छापिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
उपराष्ट्रपति निर्वाचनमा संघीय संसद् सदस्य तथा प्रदेशसभा सदस्य मतदाता रहने व्यवस्था छ। संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ।
नेपालमा उपराष्ट्रपतिको निर्वाचन तेस्रो पटक हुन लागेको हो। पहिलो उपराष्ट्रपतिमा परमानन्द झा र दोस्रो उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्वाचित भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
