यूएईलाई डीएलएस पद्धतिमा नौ रनले पराजित गर्दै नेपालले सिधै विश्वकप छनोटमा स्थानमा बनाउन सफल भएपछि प्रशिक्षक मोन्टी देसाईंले खेलाडीमा अद्भुत क्षमता रहेको बताएका छन्।
काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले नेपाली खेलाडीमा अद्भुत क्षमता रहेको बताएका छन्। नेपालले लिग–२ को अन्तिम खेलमा यूएईविरुद्ध डीएलएस पद्धतिमा ९ रनको जित निकालेपछिको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले भविष्यमा उनीहरूले नेपाली क्रिकेटका लागि राम्रो योगदान दिन सक्ने भन्दै प्रशंसा गरे।
देसाईले ५० ओभरमा ३११ रनको लक्ष्य सम्हालिएर खेलेको अवस्थामा पछ्याउन कठिन नहुने भन्दै खेलाडीमा आत्मविश्वास रहेको बताए। यही लक्ष्यका साथ खेल्दा बिहीबारको खेलमा जित निकाल्न सफल भएको प्रतिक्रिया दिए।
खेल अवधिमा विपक्षी टोली केही रणनीति अपनाए पनि अनुशासित ब्याटिङ गर्दा नतिजा पोल्टामा परेको देसाईको भनाइ छ। नेपालले प्राप्त गरेको सफलता पछि भावुकसमेत देखिएका देसाईले समर्थकलाई धन्यवाद दिए।
कप्तान रोहितकुमार पौडेलले आरिफ शेख र गुल्सन झाको ब्याटिङको सहयोगमा नेपालले सुखद नतिजा निकाल्न सफल भएको बताए। शुरूआत नराम्रो भए पनि यसअघिका खेलबाट बटुलेको अनुभवको आधारमा अगाडि खेल्दै जाँदा सुखद नतिजा निस्किने विश्वासका साथ खेलेको उनको भनाइ छ। योबीचमा आरिफ र गुल्सनको साझेदारी नै महत्त्वपूर्ण रहेको उनले सुनाए। राम्रो रनको लक्ष्य भए पनि पछ्याउन सक्ने विश्वासका साथ खेल्ने टिम रणनीति बनेको कप्तान रोहितको भनाइ छ।
लिग–२ को अन्तिम खेलमा नेपालले भ्रमणकारी यूएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा नौ रनले पराजित गर्दै नेपालले सिधै विश्वकप छनोटमा स्थानमा बनाउन सफल भयो। नेपालले यूएईलाई हराएपछि शीर्ष तीन अटाउँदै विश्वकप छनोट खेल्न योग्य भएको हो। विश्वकप छनोट आगामी जुन–जुलाईमा जिम्बावेमा हुनेछ।
जिम्बावेमा हुने छनोट खेलमा नेपालले अब टेस्ट मान्यता राष्ट्रसहित अन्य देशसँग छनोट खेल खेल्नेछ। छनोटमा कूल १० टोली हुने छन्। विश्वकप छनोटमा सुपर लिग–२ का पुछारका पाँच टोली, लिग–२ का शीर्ष तीन टोली नेपाल, ओमान र स्कटल्यान्ड र प्लेअफ क्वालिफायरमा शीर्ष दुई टोली गरी कूल १० टोली हुने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
