ऐतिहासिक कारणले लामो समयदेखि परस्पर तिक्ततापूर्ण सम्बन्ध रहेका दक्षिण कोरिया र जापानको शीर्ष नेतृत्वबीच भेटवार्ता हुने भएको छ।
दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योल र जापानका प्रधानमन्त्री फुमियो किशिदाबीच बिहीबार टोकियोमा भेटवार्ता हुँदैछ।
ऐतिहासिक कारणले यी दुई देशबीच लामो समयदेखि रहेको तिक्ततापूर्ण सम्बन्ध सुधारको संकेतसहित भेटवार्ता हुन लागेको द कोरिया हेराल्डले जनाएको छ। टोकियोले कुनै दक्षिण कोरियाली नेतालाई आफ्नो देश भ्रमणको निम्तो दिएको १२ वर्षमा यो पहिलोपटक हो। यसअघि दक्षिण कोरियाली राष्ट्रपति मुन जेइ इन सन् २०१९ मा जी-२० सम्मेलनका लागि जापान भ्रमणमा गएका थिए। त्यसपछिका चार वर्षमा कुनै पनि दक्षिण कोरियाली राष्ट्रपति जापान गएको यो पहिलोपटक हो।
जापानको राजधानी टोकियोमा हुने दुई दिने सम्मेलनमा सहभागी हुन दक्षिण कोरियाली राष्ट्रपति युन जापान पुगेका छन्। जापानले सन् १९१० देखि १९४५ सम्म दक्षिण कोरियालाई आफ्नो उपनिवेश बनाएर शासन गरेको थियो। यस्तै विविध ऐतिहासिक कारणले यी दुई पूर्वी एशियाली छिमेकी मुलुकबीचको सम्बन्धमा चिसोपन रहँदै आएको छ। यसलाई दुई मुलुकका नेताबीचको भेटले मत्थर पार्नेमा आशावादी रहेको द कोरिया हेराल्डले उल्लेख गरेको छ।
वार्ताले दुई मुलुकबीचको दशकौँसम्मको चिसोपना कम गर्ने आशा जगाएको र दुई नेताले कूटनीति, सुरक्षा र आर्थिक साझेदारीका विषयमा कुराकानी हुने जापान टाइम्सले जनाएको छ।
जापानको औपनिवेशिक शासनकालमा जापानी कम्पनीले दक्षिण कोरियाली नागरिकलाई श्रम शोषणका लागि बाध्य पारेको र दास बनाएको विषय उठान गर्दै सोलले दुई मुलुकबीचको लामो समयदेखिको तनावको समाधानको इच्छा राखेको दुई साता नबित्दै दुई मुलुकका नेताबीच प्रत्यक्ष वार्ता हुन लागेको हो।
तत्कालीन समाधानको योजनाअनुसार आन्तरिक मन्त्रालय अन्तर्गतका सार्वजनिक संस्थाले घरेलु व्यवसायमार्फत पीडितलाई क्षतिपूर्ति दिने भनिएकोमा जापानीको सहभागिता अभावमा कतिपय पीडित परिवारले नै यसलाई अस्वीकार गरेका थिए।
तर गत साता दक्षिण कोरियाली राष्ट्रपतिले केही पीडितहरूलाई जापानले क्षतिपूर्ति दिनुपर्ने माग त्यागेका थिए। बरु आर्थिक संकलन गर्नेमा उनी सहमत भएका थिए। उत्तरपूर्वी एसियाको सुरक्षाका लागि विगतको मुद्दालाई थाँती राखेको बीबीसीले उल्लेख गरेको छ। तर, विपक्षी नेताहरूले यसलाई ‘इतिहासकै अपमान’ भन्दै विरोध गरेका थिए। तर, आफ्नो अडानमा केही लचिलो बनेलगत्तै दक्षिण कोरियाली नेतालाई टोकियो भ्रमणको अवसर जुरेको र यसमा अधिकांश कूटनीतिज्ञलाई प्रभावित र आश्चर्यमा पारेको बीबीसीले जनाएको छ। यसलाई महत्त्वपूर्ण राजनीतिक कदमका रूपमा लिइएको छ।
हालैको भ्रमणबारे बोल्दै दक्षिण कोरियाली राष्ट्रपति युनले यो निर्णय जापान र दक्षिण कोरियाको भविष्य केन्द्रित सम्बन्धप्रतिको दृढ संकल्प रहेको बताएका थिए।
त्यस्तै, राष्ट्रपति युनले अमेरिकासँगको त्रिपक्षीय साझेदारीमा उत्तर कोरियाको आणविक हतियार आक्रमणको चेतावनीलाई प्रभावकारी ढंगले प्रतिकार गर्न पनि द्विपक्षीय सम्बन्ध सुधारको महत्त्व रहेकोमा जोड दिएको द कोरिया हेराल्डले लेखेको छ।
साथै, उनले द्विपक्षीय सम्बन्ध सुधारले आपसी व्यापार र आर्थिक लाभ पुग्नेमा समेत जोड दिएका छन्।
दक्षिण कोरियाली राष्ट्रिय सुरक्षा सल्लाहकार किम सङ हान भन्छन्, “जापान र दक्षिण कोरियाली नेताबीच अझै पनि केही असहजता छ। यस भेटवार्तापछि दुई देशको सम्बन्ध सामान्य अवस्थामा फर्कने आशा गर्न सकिन्छ।” दुई नेताबीचको भेटमा औपनिवेशिक कालमा भएको श्रम शोषणको विषय सम्बोधन र कार्यान्वयनको विषयसहित द्विपक्षीय सम्बन्ध सामान्य बनाउने विषयमा कुराकानी हुने सल्लाहकार किमले बताए। सन् २०१८ मा दक्षिण कोरियाली सर्वोच्च अदालतको आदेश अनुसार जापानका दुई कम्पनी निप्पोन स्टिल र मित्सुबिसी हेभी इन्डस्ट्रिले कोरियाली श्रम शोषणका पीडितलाई क्षतिपूर्ति दिनुपर्नेछ।
“यस भेटवार्तालाई दुई मुलुकबीचको आर्थिक साझेदारीका लागि विद्यमान नीतिगत अवरोध सुधार्ने र दुई मुलुकबीचको आर्थिक साझेदारी बढाउने अवसरका रूपमा पनि लिन सकिन्छ”, दक्षिण कोरियाली सल्लाहकार किमको भनाइ थियो।
यसबाहेक दुई मुलुकबीच दक्षिण कोरियामा जापानी सामग्री निर्यातमा प्रतिबन्ध, जापानले दक्षिण कोरियालाई अग्रपंक्तिको व्यापार साझेदारको ह्वाईट लिस्टबाट हटाएको विषय र निर्यात नियन्त्रणबारे विश्व व्यापार संगठनसँग सोलको गुनासो सम्बोधनसहित थुप्रै साझेदारीका विषयमा कुराकानी हुने अपेक्षा गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
