किसानलाई साविकमा दिइँदै आएको अनुदान बढाउन र समयमै मल खादको सुलभ उपलब्धता सुनिश्चित गर्न जनमत पार्टीले माग गरेको छ। माग पूरा नभए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ।
काठमाडौँ– जनमत पार्टीले रासायनिक मलमा अनुदान कटौती गर्ने सरकारको निर्णयको विरोध गरेको छ।
सरकारले रसायनिक मलमा कृषकलाई दिँदै आएको अनुदान कटौती गरेर गरिब किसानको बेवास्ता गरेको जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. सीके राउतले जनाएका छन्।
विज्ञप्ति जारी गर्दै डा. राउतले मलमा अनुदान नबढाए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन्। सरकारले फागुन २४ गते रासायनिक मलमा दिइँदै आएको ७०.८२ प्रतिशत अनुदान कटौती गरी ५९.०४ प्रतिशत बनाएको थियो।
“यसबाट किसानले प्रतिकिलो यूरियामा ११, डीएपीमा ७ र पोटासमा ९ रुपैयाँ थप मूल्यभार बेहोर्नुपर्नेछ,” विज्ञप्तिमा भनिएको छ, “सरकारले जनताको हितमा काम गरेर उत्पादनमुखी काममा बजेट बढाउनु पर्नेमा उल्टै मलको अनुदान घटाउँदा गरिब किसानहरूको बेवास्ता भएको छ।”
किसानलाई साविकमा दिइँदै आएको अनुदान बढाउन, पर्याप्त मलखाद खरिदका लागि बजेट बढाउन र समयमै मल खादको सुलभ उपलब्धता सुनिश्चित गर्न डा. राउतले माग गरेका छन्।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
