सरकारले मलमा दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेपछि किसानहरू आन्दोलित भएका छन्।
काठमाडौँ- कांग्रेस–एमालेसहितका किसान संघ, संगठनहरूले मलका दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।
बुधबार काठमाडौँमा संयुक्त पत्रकार सम्मेलन गरी कांग्रेसनिकट नेपाल किसान महासंघ, एमालेनिकट अखिल नेपाल किसान महासंघ र राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन्।
पत्रकार सम्मेलनमा सो माग तत्काल सम्बोधन गराउनका लागि दवावस्वरूप प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाउनेसहितका आन्दोलनको कार्यक्रम पनि घोषणा गरिएको छ।
किसानहरूलाई दिइँदै आएको एक मात्रै अनुदान अविलम्ब फिर्ता गराउनका लागि चैत्र ३ गते शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, देशभरका स्थानीय स्तरमा संयुक्त किसान संघर्ष समिति निर्माण गरी धर्ना, जुलुस, चक्काजामलगायतका आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरिएको अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले जानकारी दिए।
उनले किसानलाई राहत दिनका लागि शुरू गरिएको सो आन्दोलन आफूहरूका माग पूरा नभएसम्म जारी रहने चेतावनी समेत दिए। अध्यक्ष दंगालले भने, “आज देशभरि किसान संघ, संगठनहरूले आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । त्यसैले म अनुरोध र आग्रह गर्न चाहन्छु, नेपाल सरकारले मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय पुनर्विचार गरियोस्। र, नेपाली किसानहरूले पाएको एक मात्रै अनुदान त्यो मलमा दिइएको अनुदान त्यो पुन स्थापित होस्।”
सरकारले यही फागुन २६ गते रासायनिक मलमा दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो। सरकारको सो निर्णयप्रति देशभरका किसान हकहितसँग सम्बन्धित संघ, संगठनहरूले आपत्ति जनाउँदै तत्काल फिर्ता लिन माग गर्दै दवावस्वरूप आन्दोलन शुरू गरेका छन्।
पत्रकार सम्मेलनमा मल कारखाना स्थापना गर्ने निर्णय तत्काल कार्यान्वयनमा ल्याउन पनि सरकारलाई सचेत गराइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
