आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा न्यून रहेको बताएको छ।
काठमाडौँ- चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा न्यून देखिएको छ। आन्तरिक राजस्व विभागका अनुसार फागुन मसान्तसम्ममा लक्ष्यको करिब ८० प्रतिशत प्रतिशत मात्रै आन्तरिक राजस्व उठेको हो।
दोस्रो चौमासिकसम्ममा विभागले रु तीन खर्ब ५३ अर्ब ९१ करोड ४७ लाख बराबर आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको थियो। तर, यो अवधिको लक्ष्यको तुलनामा ७९ दशमलव ७८ प्रतिशत अर्थात् रु दुई खर्ब ८१ अर्ब ९९ करोड ३० लाख मात्रै उठेको हो।
गत आवको फागुनसम्मको तुलनामा चालु आवको सोही अवधिको तुलनामा राजस्व असुली एक प्रतिशत बिन्दुले कम हो। विभागले गत आवको आठ महिनामा रु दुई खर्ब ८५ अर्ब १२ करोड दुई लाख बराबर राजस्व उठाएको थियो। हालसम्म उठेको आन्तरिक राजस्वको अवस्था हेर्दा शिक्षा कर बाहेक सबै क्षेत्रमा न्यून असुली भएको छ।
फागुन मसान्तसम्म रु एक खर्ब ५८ अर्ब २५ करोड चार लाख बराबर आयकर उठाउने लक्ष्य राखेको विभागले रु एक खर्ब १७ अर्ब सात करोड १९ लाख मात्रै असुली गरेको छ। यो अवधिको आयकर लक्ष्यको ७३ दशमलव ९८ प्रतिशत अर्थात् लक्ष्यको तुलनामा आयकर संकलन करिब १६ प्रतिशत बिन्दुले कम हो।
मूल्य अभिवृद्धि कर (भ्याट) संकलन पनि लक्ष्यभन्दा निकै न्यून छ। फागुन मसान्तसम्ममा रु ८२ अर्ब ४३ करोड ३८ लाख भ्याट उठाउने लक्ष्य राखिएकोमा रु ६८ अर्ब ७७ करोड ३८ लाख मात्रै संकलन भएको छ। जुन असुली लक्ष्यको ८३ दशमलव ३२ प्रतिशत बराबर हो।
त्यस्तै, गत वर्षको यही अवधिको तुलनामा आयकर संकलन तीन प्रतिशत विन्दुले न्यून हो। गतवर्ष फागुन मसान्तसम्ममा विभागले रु ७० अर्ब ७५ करोड ८४ लाख बराबर भ्याट उठाएको थियो।
अन्तःशुल्क गत वर्षको तुलनामा केही बढेको देखिए पनि यसवर्षको लक्ष्यअनुसार भने उठेको देखिँदैन। विभागका अनुसार फागुन मसान्तसम्म रु ७६ अर्ब ८२ करोड ४० लाख अन्तःशुल्क लक्ष्य लिइएकोमा ८४ दशमलव ३६ प्रतिशत अर्थात् रु ६४ अर्ब ८१ करोड ६ लाख संकलन भएको छ। गतवर्ष फागुनसम्मको तुलनामा यसवर्षको सोही अवधिमा अन्तःशुल्क चार प्रतिशत विन्दुले बढेको छ।
दोस्रो चौमासिक अवधिमा घरबहाल कर ७८ दशमलव ८१ प्रतिशत संकलन भएको छ। फागुन मसान्तसम्मका लागि रु दुई अर्ब १४ करोड ८८ लाख बराबर घरबहाल कर उठाउने लक्ष्य राखिएकोमा रु एक अर्ब ६९ करोड ३५ लाख बराबर मात्रै उठेको हो। गतवर्षको यही अवधिको तुलनामा घरबहाल कर १० प्रतिशत बिन्दुले घटेको छ। गतवर्ष रु एक अर्ब ८७ करोड २७ लाख बराबर उठेको थियो।
त्यस्तै, स्वास्थ्य सेवा कर असुली लक्ष्यको ९७ दशमलव ११ प्रतिशत मात्रै देखिन्छ। विभागले फागुन मसान्तसम्ममा रु चार अर्ब ८५ करोड स्वास्थ्य कर उठाउने लक्ष्य राखेकोमा रु चार अर्ब ७१ करोड बराबर मात्रै संकलन भएको देखिएको हो। यही अवधिमा शिक्षा कर भने लक्ष्यभन्दा बढी उठेको छ।
आठ महिना अवधिमा रु एक अर्ब ४२ लाख शिक्षा कर उठाउने लक्ष्य राखिएकोमा रु एक अर्ब ६ करोड ४० लाख बराबर उठेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
