प्रहरीले भने अदालतको आदेश अनुसार नै खानलाई हिरासतमा लिने प्रयास गरिरहेको बताएको छ। उनीमाथि निर्वाचन आयोगलाई प्रभावित गरेकोलगायत ३० भन्दा बढी आरोप छ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं विपक्षी दलका नेता इमरान खानले आफूलाई कानूनविपरीत पक्राउ गर्ने प्रयास भइरहेको बताएका छन्।
सरकारले आफूलाई जेलमा लैजाने तयारी गरिरहेको उनको दाबी छ। “म जेल जाँदैछु भन्नेमा मानसिक रूपमा तयार छु। तर कति रात त्यहाँ काट्नुपर्ने हो थाहा छैन तर म सम्पूर्ण रुपले तयार छु,” उनले भनेका छन्।
सरकारले आफ्नो पार्टीलाई चुनावमा भाग लिनबाट रोक्न अनेक प्रयत्न गरेको गरिरहेको खानको आरोप छ। “म जेल परे पनि मेरो पार्टीलाई चुनावमा जित्नबाट कसैले रोक्न सक्नेछैन,” उनले भने, “सबै कानूनको अधीनमा हुनुपर्छ।” यस्तै, गत नोभेम्बरमा पनि प्रधानमन्त्री शेहबाज शरीफले आफ्नो हत्या प्रयास गरेको नेता खानको आरोप छ।
यता पाकिस्तान सरकारका मन्त्री मरियम औरंजेबले भने हालको कदम चुनावसँग सम्बन्धित नभएर उनको भ्रष्टाचार मुद्दासँग जोडिएको बताइन्। साथै, खानले आफ्नो पक्राउमा अवरोध गर्न र हिंसा भड्काउन पार्टीका कार्यकर्ता, महिला र बालबालिकालाई मानव ढालका रूपमा प्रयोग गरेको मन्त्री औरंगजेबको आरोप छ।
प्रहरीले भने अदालतको आदेश अनुसार नै खानलाई हिरासतमा लिने प्रयास गरिरहेको बताएको छ। पक्राउ गर्न प्रहरी मंगलबार लाहौरको जमान पार्कस्थित खानको निवास नजिक पुग्दा खानका समर्थनकले विरोध गर्दै अवरोध गरेका थिए।
त्यस क्रममा प्रहरी र खानका समर्थकहरुबीच झडप भएको थियो। मंगलबार घन्टौँसम्म पनि पक्राउ प्रयास असफल भएपछि प्रहरीले बुधबार बिहानदेखि नै खानलाई पक्रने प्रयास जारी राखेको छ। प्रदशर्नका क्रममा ३० जना घाइते भएको र १५ जना पाकिस्तान तेहरीक–ए–एन्साफका कार्यकर्ता पक्राउ परेका छन्। खानको समर्थनमा अन्य शहरमा पनि आन्दोलन चर्किएको बीबीसीले लेखेको छ।
खानको निवास वरपर प्रदर्शन गरिरहेका प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरिरहेको र प्रहरीले समेत बल प्रयोग गरिरहेको पाकिस्तानी मिडिया डनले जनाएको छ। प्रहरीले प्रदर्शनकारीमाथि पानीका फोहोरा र टियर ग्यास प्रहार गरेको छ।
प्रधानमन्त्री हुँदा खानले सरकारी उपहार बेचेको आरोप लागेको थियो। तर, राजनीतिक प्रतिशोधका कारण यस्तो आरोप लगाइएको भन्दै खानले खण्डन गर्दै आएका छन्। सरकारी सम्पत्तिको दुरूपयोग गरेको भन्दै उनीमाथि ‘तोशाखाना मुद्दा’ चलाइएको छ।
सरकारी अधिकारीलाई विदेशीले उपहारमा दिएका सामान राखिने कोषका सामान खानले बेचेको र कतिपय सामान कोषमै नराखि दुरूपयोग गरेको आरोप छ। उपहारमा पाएका ३ वटा घडीसहित कूल ३६ मिलियन डलर बराबरका सामान बेचेको आरोप लागेको इन्डियाटाइम्सले जनाएको छ।
योसँगै उनीमाथि निर्वाचन आयोगलाई प्रभावित गरेकोलगायत ३० भन्दा बढी आरोप लगाइएको छ। पाकिस्तान तेहरीक–ए–एन्साफका अध्यक्ष रहेका खानलाई जिल्ला अदालत र सेसन अदालतले पक्राउ पुर्जी जारी गर्ने आदेश सुनाएका थिए।
तर, गत साता इस्लामावादको उच्च अदालतले सो आदेश मार्च १३ सम्मका लागि खारेज गरिदिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
