प्रदेशलाई अधिकारसम्पन्न बनाएर संघीयता बलियो बनाउनेतर्फ ध्यान दिन प्रदेश प्रमुखहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आग्रह गरेका छन्।
काठमाडौँ– प्रदेशलाई अधिकारसम्पन्न बनाएर संघीयता बलियो बनाउनेतर्फ ध्यान दिन प्रदेश प्रमुखहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आग्रह गरेका छन्।
बुधबार बालुवाटारमा प्रधानमन्त्रीसँग सामूहिक भेट गरेर प्रदेश प्रमुखहरूले प्रदेशमा देखिएका समस्याबारे छलफल गरेका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलको शपथमा सहभागी हुन सात प्रदेश प्रमुखहरू काठमाडौँ आएका हुन्।
बागमतीका प्रमुख यादवचन्द्र शर्माले प्रदेश बलियो बनाउने विषयमा सोच्न प्रधानमन्त्रीसँग आग्रह गरेको बताए। “अहिले विभिन्न कोणबाट संघीयता विरुद्ध प्रहार भइरहेको छ। प्रदेशलाई बलियो बनाउने विषयमा सबैले सोच्नुपर्छ भनेर आग्रह गरेका छौँ,” उनले भने, “बिनाअधिकार कुनै पनि व्यवस्थाको स्थायित्व नहुने भएकाले प्रदेशलाई कसरी अधिकार दिने भन्ने विषयमा छलफल भयो।”
संविधानले व्यवस्था गरे अनुसार कतिपय अधिकार प्रदेशले अझै प्राप्त गर्न नसकेको विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको उनको भनाइ छ। संघले बनाउनुपर्ने ऐन कानून नबनाएको तर कतिपय कानून प्रदेशले बनाइसकेकाले भोली ती बाझिने समस्या हुने प्रदेश प्रमुखहरूको भनाइ छ।
गण्डकीका प्रमुख पृथ्वीमान गुरूङले पनि संविधान र संघीयताविरुद्ध आवाज उठिरहेकाले त्यस्ता शक्तिलाई बल पुग्ने काम सरकारबाट हुन नहुने बताए। “सरकारबाट संविधान संरक्षण र संस्थागत विकासका लागि सरकारले ध्यान दिनुपर्छ भनेर आग्रह गरेका छौँ। अधिकार प्रदेशसम्म पुग्नुपर्यो,” उनले भने, “संघीयताको मुटु भनेकै प्रदेश सरकार भएकाले यसलाई बलियो बनाउन सरकारले सोच्नुपर्छ भन्ने आग्रह गरेका छौँ।”
जवाफमा प्रधानमन्त्री दाहालले आफू संघीयतालाई बलियो बनाएर लैजाने विषयमा सकारात्मक रहेको र कमी कमजोरीलाई सच्याएर अघि बढ्ने बताएका थिए। उनले छिट्टै प्रदेश प्रमुख र मुख्यमन्त्रीको भेला बोलाएर छलफल गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
