‘नो नट अगेन’ अभियानलाई बन्देज लगाउने आयोगको निर्णयको चौतर्फी विरोध भएको थियो। त्यसपछि आयोगले विज्ञप्ति निकाल्दै आफ्नो निर्णयको बचाउ गरेको हो।
काठमाडौँ– आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनलाई लिएर सामाजिक सञ्जालमा ‘नो नट अगेन’ अभियान सक्रिय बनेपछि आयोगले त्यसलाई बन्देज लगाउने निर्णय गर्यो। उक्त निर्णयको चौतर्फी विरोध र अभियानको समर्थन झनै बढ्दै गएपछि शुक्रबार आयोगले एक विज्ञप्ति निकालेर ध्यानाकर्षण भएको जनाएको छ।
“आयोगबाट सामाजिक सदाचारमा खलल पार्न सक्ने, भेदभाव र दुरुत्साहनलाई प्रोत्सहान गर्ने, एक अर्कालाई गाली बेइज्जती गर्ने, सामाजिक र सार्वजनिक शिष्टचार वा नैतिकताको प्रतिकूल हुने किसिमका शब्द, शैलीलाई मात्र निरुत्साहित गर्न खोजिएको हो,” आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले विज्ञप्ति निकालेर भनेका छन्।
निर्वाचनको समग्र निष्ठा जोगाउने र प्रवर्द्धन गर्ने यो पवित्र प्रयासमा लोकतन्त्र, निर्वाचनका पक्षधर साथै सरोकारवालाहरूको साथ, सहयोग र समर्थन रहनेछ भन्ने विश्वास आयोगले लिएको भन्दै आयोगका कामहरूलाई गलत अर्थमा नबुझी लोकतन्त्र, निर्वाचन, आचारसंहिता र सुसूचित मतदाताको अन्तरसम्बन्धलाई मनन् गर्न आयोगले सबैलाई आग्रह पनि गरेको छ।
“मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको नियमन गरी मतदातको निर्वाचन, राजनीतिक दल र उम्मेदवारका बारेमा सत्य तथ्य जान्न पाउने अधिकारको प्रत्याभूत गर्न आयोगले कुनै कसर बाँकी राख्ने छैन र सरोकारवाला सबैसँग निर्वाचनको निष्ठालाई जोगाउन सहकार्य र सहयोगका लागि आयोग आह्वान गर्दछ,” विज्ञप्तिमा भनिएको छ। आयोगले निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राख्न पनि भनेको छ।
“मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति र लोकतन्त्र सँगसँगै जान सक्दैनन् भन्नेमा आयोग स्पष्ट छ। आयोग संविधानप्रदत्त हरेक नागरिकको सूचनाको हक, सञ्चारको हक र अभिव्यक्ति स्वतन्त्रताको हकको अधिकतम् अभ्यासले मात्रै निर्वाचनमा सही जनमत बन्न सक्छ भन्नेमा विश्वास गर्दछ,” आयोगले भनेको छ, “लोकतन्त्रमा विश्वास गर्ने सबैले आफ्नो हक-अधिकार प्रयोग गर्दा अरूको हकहितमा प्रतिकूल असर नपर्नेतर्फ सधैँ सचेत रहनु पर्दछ। मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिबाट पर्नसक्ने प्रतिकूल असरबाट आसन्न निर्वाचनलाई जोगाई सुसूचित जनमत बन्ने वातावरण बनाउनु सबैको साझा दायित्व हो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
