भारत र अस्ट्रेलियाबीच तीन एकदिवसीय शृंखला शुक्रबार शुरू हुँदैछ। यो शृंखलामा उपकप्तान स्टिभ स्मिथले टोलीको नेतृत्व गर्नेछन्।
काठमाडौँ– भारत र अस्ट्रेलियाबीचको तीन एकदिवसीय शृंखला शुक्रबारबाट शुरू हुँदैछ।
अस्ट्रेलियाका कप्तान प्याट कमिन्स यो शृंखलाबाट बाहिरिएका छन्। ‘क्रिकेट अस्ट्रेलिया’ले मंगलबार उनी टोलीमा नरहने जानकारी दिएको हो। अब उपकप्तान स्टिभ स्मिथले टोलीको नेतृत्व गर्नेछन्।
आमाको स्वास्थ्य बिग्रिएपछि कमिन्स भारतविरुद्धको दिल्ली टेस्टपछि स्वदेश फर्किएका थिए। कमिन्सकी आमा मारिया लामो समयदेखि बिरामी थिइन्। उनलाई स्तन क्यान्सर भएको थियो। मारियाको १० मार्चमा निधन भएको थियो।
अस्ट्रेलियाका ओपनर डेभिड वार्नर र अलराउन्डर एस्टन अगर पनि भ्रमणको बीचमा स्वदेश फर्किएका थिए। तर, उनीहरू एकदिवसीय शृंखलाका लागि भारत फर्किनेछन्।
म्याक्सवेल र मार्स फर्किए
यसैबीच ग्लेन म्याक्सवेल र मिचेल मार्स लामो समयपछि एकदिवसीय क्रिकेटमा टोलीमा फर्किएका छन्। नोभेम्बरमा भएको टी–२० विश्वकपपछि म्याक्सवेल घाइते भएका थिए। जन्मदिनको पार्टीमा चिप्लिएर उनको खुट्टामा चोट लागेको थियो।
म्याक्सवेल घरेलु क्रिकेटमा फर्किएका छन्। फर्किएपछिको पहिलो खेलमा उनको औँलामा चोट लागेको थियो। तर, अहिले उनी चोटमुक्त भइसकेका छन् र भारतविरुद्ध खेल्नका लागि फिट छन्।
यता, बायाँ घुँडाको चोटका कारण मार्स लामो समयसम्म टोलीबाट बाहिर थिए।
रिचर्डसनको स्थानमा एलिस
अस्ट्रेलियाका फास्ट बलर झ्ये रिचर्डसनलाई टोलीमा समावेश गरिएको थियो तर उनी पनि चोटका कारण बाहिरिएका छन्। अस्ट्रेलिया क्रिकेटले केही दिनअघि यसबारे जानकारी दिएको थियो।
उनलाई ह्यामस्ट्रिङमा चोट लागेको छ। २६ वर्षीय रिचर्डसनको स्थानमा मिडियम फास्ट बलर नाथन एलिसलाई समावेश गरिएको छ। उनले अस्ट्रेलियाका लागि तीन ओडीआई खेलिसकेका छन्।
भारतले अस्ट्रेलियासँगको टेस्ट शृंखला २–१ ले जितेको छ। अब भारत र अस्ट्रेलियाबीच तीन खेलको एकदिवसीय शृंखला हुनेछ। शृंखलाको पहिलो खेल शुक्रबार मुम्बईमा हुनेछ।
अस्ट्रेलियाको टोली :
स्टिभ स्मिथ (कप्तान), सिन एबोट, एस्टन अगर, एलेक्स केरी, नाथन एलिस, क्यामरन ग्रीन, ट्राभिस हेड, जोस इङ्लिस, मार्नस लाबुस्चेन, मिचेल मार्स, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, मार्कस स्टोइनिस, डेभिड वार्नर, एडम जाम्पा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
