एमाले संसदीय दलको नेता केपी शर्मा ओलीले सोमबार उपनेतामा सुवास नेम्वाङलाई नियुक्त गरेका छन्।
काठमाडौँ– नेकपा एमालेले संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङलाई नियुक्त गरेको छ। संसदीय दलको नेता केपी शर्मा ओलीले सोमबार उपनेतामा नेम्वाङलाई नियुक्त गरेका हुन्।
नेम्वाङ २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनपछि गठित एमाले संसदीय दलको पनि उपनेता थिए। फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा उनी नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका थिए। तर, आठ दलीय सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलसँग उनी पराजित भएका थिए।
उनी मंसिर ४ गते सम्पन्न निर्वाचनबाट इलाम–२ बाट सत्ता गठबन्धनका उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।
एमालेले फागुन २५ गते प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा पर्वतका सांसद पदम गिरी र सचेतकमा मकवानपुरका सांसद महेशकुमार बर्तौलालाई नियुक्त गरेको थियो।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
