नेकपा एमालेले पार्टी प्रमुख सचेतक र सचेतकमा सांसदहरू पदम गिरी र महेशकुमार बर्तौलालाई नियुक्त गरेको छ।
काठमाडौँ– नेकपा एमालेले पार्टी संसदीय दलको प्रमुख सचेतक र सचेतकको जिम्मेवारी तोकेको छ।
फागुन २५ देखि लागू हुने गरेर संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकको जिम्मेवारी सांसद पदम गिरीलाई दिएका हुन्। त्यस्तै, सचेतकको जिम्मेवारी सांसद महेशकुमार बर्तौलालाई तोकेका छन्।
पर्वत १ बाट निर्वाचित सांसद गिरीले आफूलाई प्रमुख सचेतकको जिम्मेवारी तोकिएको जानकारी दिए। त्यस्तै, मकवानपुर २ बाट निर्वाचित सांसद बर्तौलाले आफूलाई सचेतकको जिम्मेवारी तोकिएको बताए।
पर्वतबाट लगातार दोस्रो पटक निर्वाचित भएका गिरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा करिब दुई महिना स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर काम गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
