आसन्न स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूले तालमेल गर्ने भएका छन्।
काठमाडौँ- प्रमुख तीन पार्टीनिकट विद्यार्थी संगठनले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशैभरि तालमेल गर्ने निर्णय गरेका छन् ।
त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूले तालमेल गरेका हुन्।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले तीनवटै विश्वविद्यालयमा हुन गइरहेको स्ववियु निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको क्रान्तिकारीका अध्यक्ष दीपेश पुनले जानकारी दिए।
नेविसंघले नेपाल कमर्स क्याम्पस, त्रिचन्द्र क्याम्पस, पद्मकन्या बहुमुखी क्याम्पस, शंकरदेव क्याम्पस, महाराजगन्ज क्याम्पस, महाराजगन्ज नर्सिङ क्याम्पस, आयुर्वेद क्याम्पस, पशुपति बहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पस, जनप्रशासन क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस, ग्रामीण आदर्श क्याम्पस, कोटेश्वर बहुमुखी क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, शिक्षा क्याम्पस थलीको सभापति पद पाउने सहमति भएको छ ।
यस्तै, अनेरास्ववियु (क्रान्तिकारी)ले थापाथली इन्जिनियरिङ क्याम्पस, सानोठिमी बहुमुखी क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस, नेपाल ल क्याम्पस, पब्लिकयुथ क्याम्पस, विश्वभाषा क्याम्पस, नेशनल इन्जिनियरिङ र हिमालयन इन्जिनियरिङ पाउने सहमति भएको छ ।
अनेरास्ववियूले आरआर क्याम्पस, महेन्द्ररत्न बहुमुखी क्याम्पस, बानेश्वर बहुमुखी क्याम्पसमा स्ववियु सभापति पाउने गरी सहमति भएको छ। क्रान्तिकारीका महासचिव पुनले उम्मेदवारी मनोनयन पत्र दर्ता गराएका संगठनले तालमेलअनुसार नै फिर्ता लिने बताए।
सहमतिअनुसार तीनवटै विद्यार्थी संगठनको मातहतका कमिटीले कार्यान्वयन गर्न निर्देशनसमेत दिइसकेको छ। आगामी चैत ३ गते मध्यपश्चिम, चैत ५ गते त्रिवि र चैत ८ गते सुदूरपश्चिम विद्यालयमा स्ववियु निर्वाचन हुँदैछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
