वासिमको तीव्र गतिको बलिङका कारण जिम्बावेलाई १२९ रनमा मात्रै सीमित गरेपछि पाकिस्तानले सहजै लक्ष्य हासिल गर्ने अनुमान गरिएको थियो। यद्यपि, पाकिस्तान खेलमा निकै कमजोर देखियो।
काठमाडौँ– पाकिस्तानका कप्तान बाबर आजमले आईसीसी टी–२० विश्वकपअन्तर्गत सुपर–१२ को खेलमा जिम्बावेविरुद्ध आफ्नो टोलीले कमजोर प्रदर्शन गरेको स्वीकार गरेका छन्। यद्यपि, बलियो बलिङ लाइन-अपका साथ मैदानमा उत्रिँने निर्णयको पनि बचाउ गरे।
मेलबर्न क्रिकेट ग्राउन्डमा भारतसँग ४ विकेट र जिम्बावेसँग १ रनको लज्जास्पद हार बेहोरेपछि पाकिस्तानको सेमिफाइनल प्रवेशमा प्रश्नचिह्न खडा भएको छ। जिम्बावेविरुद्धको खेलपछि पत्रकारसँग बाबरले भने, "आज हामीले अपेक्षाभन्दा कमजोर खेल प्रदर्शन गर्यौँ। तीनवटै डिपार्टमेन्टमा राम्रो प्रदर्शन गर्न सकेनौँ। यो टोली र कप्तानको रूपमा निकै कठिन अवस्था हो।"
पछिल्ला दुई खेलमा ओप्टस स्टेडियमको हरियो पिचमा ब्याटरभन्दा बलर बढी हावी थिए। उक्त स्थिति बुझेका पाकिस्तानी कप्तान बाबरले पनि आफ्नो बलिङ युनिटलाई बलियो बनाउनु उपयुक्त ठानेका थिए। उनले आसिफ अलीको स्थानमा मोहम्मद वासिमलाई प्लेइङ–११ मा समावेश गरेका थिए।
वासिमको तीव्र गतिको बलिङका कारण जिम्बावेलाई १२९ रनमा मात्रै सीमित गरेपछि पाकिस्तानले सहजै लक्ष्य हासिल गर्ने अनुमान गरिएको थियो। यद्यपि, पाकिस्तान खेलमा निकै कमजोर देखियो।
उसका कप्तान तथा ओपनर बाबर ४ रनमा आउट भए। यस्तै, उनका ओपनिङ पार्टनर मोहम्मद रिजवान पनि लामो समय क्रिजमा टिक्न सकेनन्। उनले १६ बलमा १ छक्का र १ चौकासहित १४ रन बनाए। खेलमा पाकिस्तानको मध्यक्रम निकै कमजोर देखियो। शान मसूदले ३८ बलमा ३ चौकासहित ४४ रन बनाउनुबाहेक अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।
खेलपछि बाबरले भने, "मलाई अतिरिक्त बलर खेलाउने निर्णय महँगो सावित भएजस्तो लाग्दैन। पिच फास्ट बलरका लागि सहयोगी देखिन्थ्यो। त्यसैले हामी अतिरिक्त फास्ट बलर लिएर गयौँ।"
पाकिस्तानको दोस्रो हारले सेमिफाइनल पुग्ने आशामा ठूलो धक्का लागेको छ। अब उसले आइतबार पर्थमा नेदरल्यान्ड्सविरुद्धको खेल जित्नुपर्ने हुन्छ। नेदरल्यान्ड्स पनि सुपर–१२ मा आफ्नो पहिलो जितको पर्खाइमा छ।
भारत र जिम्बावेसँगको हारपछि आफ्नो टोलीलाई सान्त्वना दिँदै आफ्नो टोलीमा आत्मविश्वास जगाउने प्रयास गरेका बाबरले भने, "हामीसँग दुई दिन छ र हामी सँगै बसेर गल्तीबारे छलफल गर्नेछौँ। हामी बलियो भएर फर्कनेछौँ।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
