जनमत पार्टीका अध्यक्ष राउतले गठबन्धनभित्र उपराष्ट्रपतिमा तीन जनाको उम्मेदवारी दर्ता गर्ने र साझा उम्मेदवार बनाउन छलफल जारी राख्ने समझदारी भएको बताएका छन्।
काठमाडौँ– जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले गठबन्धनकै निर्णयअनुसार आफ्नो पार्टीले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेको बताएका छन्।
शनिबार जनमतका तर्फबाट उपराष्ट्रपति पदमा ममता झाले उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष राउतले गठबन्धनकै निर्णयअनुसार उम्मेदवारी दर्ता गराएको बताएका हुन्। उनले गठबन्धनभित्र उपराष्ट्रपतिमा तीन जनाको उम्मेदवारी दर्ता गर्ने र साझा उम्मेदवार बनाउनका लागि छलफल जारी राख्ने समझदारी भएको जानकारी दिए।
“निर्वाचन आयोगले पनि जुन निर्णय गरेको छ, संविधानको धारा टेकेर त्योअनुसार उपराष्ट्रपतिमा महिला नै हुनुपर्ने संविधानको मर्म पनि त्यही रहेको हुनाले हामीले महिला उम्मेदवारलाई अगाडि सारेका हौँ। गठबन्धनमा कुरा मिल्न सक्छ। भोलिसम्म समय छ,” उनले भने।
उनले गठबन्धनभित्र आफ्नो पार्टीकै उम्मेदवारलाई साझा उम्मेदवार बनाउने निर्णय हुनेमा विश्वास व्यक्त गरे। आफ्नो पार्टीको उम्मेदवारलाई गठबन्धनको साझा उम्मेदवार नबनाए पनि आफूहरूले उम्मेदवारी फिर्ता नलिने उनको भनाइ छ।
जनमत पार्टीको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार झाले संविधानलाई जीवित राख्नका लागि आफूले उम्मेदवारी दिएको बताइन्। उनले सबै जातजातिको राज्यको निकायमा प्रतिनिधित्व हुनुपर्ने संविधानको मर्म रहेको उल्लेख गर्दै आफू मधेशको महिला हुनुले पनि उम्मेदवारी दिएको उल्लेख गरिन्।
“संविधानको पनि मर्म छ कि सबै जातजाति, सबैको राम्रो प्रतिनिधित्व हुनुपर्छ। सबैको प्रतिनिधित्व भएपछि मात्रै विकास हुनसक्छ” उनले भनिन्, “संविधानको मर्मलाई जीवित राख्नका लागि, संविधानलाई जीवित राख्नका लागि यो उम्मेदवारी दिएको छु।”
उनले आफूलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन पार्टीले गरेको निर्णयबाट आफू एक इन्च पनि तलमाथि नहुने स्पष्ट पारिन्। आफू सशक्त ढंगले अगाडि बढ्ने उनको भनाइ छ।
उपराष्ट्रपतिका लागि सत्तागठबन्धनमा आबद्ध दलहरूबाट तीन र नेकपा एमालेका तर्फबाट एक गरी चार जनाले मनोनयन दर्ता गराएका छन्। गठबन्धन समर्थक दलहरूबाट मनोनयन दर्ता गराउनेमा झासहित जसपाका नेता रामसहायप्रसाद यादव र प्रमीला यादव रहेका छन्। त्यस्तै, नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
