जसपाका रामसहायले दिए उपराष्ट्रपतिमा उम्मेदवारी

गठबन्धका दलको प्रस्ताव र समर्थनमा उनले उम्मेदवारी दर्ता गराएका हुन्। 

काठमाडौँ– उपराष्ट्रपतिमा गठबन्धनबाट जसपाका रामसहाय यादवले मनोनयन दर्ता गराएका छन्।

गठबन्धका दलको प्रस्ताव र समर्थनमा उनले उम्मेदवारी दर्ता गराएका हुन्। यादवको प्रस्तावकमा रमेशजंग रायमाझी, शक्तिबहादुर बस्नेत, किसान श्रेष्ठ, अशोककुमार राई र प्रदीप यादव रहेका छन्।

यस्तै समर्थकमा खिमलाल देवकोटा, अम्बिका काफ्ले, भानुभक्त जोशी, प्रकाश ज्वाला र रेखा यादव छन्। गठबन्धनमा संलग्न दलबाट जसपाकै प्रमिला यादव र जनमत पार्टीकी ममता झाले पनि उपराष्ट्रपतिमा उम्मेदवार दिने तयारी गरेका छन्।

यसअघि एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराइसकेकी छन्।