निर्वाचन आयोगले आचारसंहिता उल्लघंन गरेको भेटिए विद्युतीय माध्यमका साथै लिखित, मौखिक र टेलिफोनबाट समेत उजुरी गर्न सकिने व्यवस्था गरिएको जनाएको छ।
काठमाडौँ- निर्वाचन आयोगले आचारसंहिता विपरीत कुनै कार्य भए/गरेको पाइए विभिन्न माध्यमबाट उजुरी दिन सकिने व्यवस्था मिलाएको छ।
आयोगले उजुरी दिन चाहने व्यक्तिले सामाजिक सञ्जाल, विद्युतीय माध्यमका साथै निर्वाचन आयोग, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन कार्यालय वा आचारसंहिता बमोजिमका समिति, टोली वा अनुगमन अधिकृतसमक्ष मौखिक तथा लिखित रूपमा उजुरी दिनसक्ने व्यवस्था मिलाएको हो।
यसका साथै आयोगले सञ्चालन गरेको पैसा नलाग्ने (टोल फ्री) नम्बर ११०२ मा फोन गरेर उजुरी दिन सकिने व्यवस्थासमेत गरेको छ। निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०७९ मा उजुरी दिँदा आधार, कारण र प्रमाण भए सो समेत संलग्न गरी दिनुपर्ने उल्लेख छ।

उजुरी प्राप्त भएपछि सम्बन्धित निकाय वा अधिकारीले सो को अभिलेख राखी आवश्यक कारबाही प्रक्रिया अघि बढाउने निर्वाचन आयोगले जनाएको छ। त्यस्तै, उजुरीकर्ताले आफ्नो नाम-नामेशी सहितको विवरण प्रकाश गर्न नचाहेमा सार्वजनिक नगरिने आयोगले जनाएको छ।
आयोगले आचारसंहिता अनुगमनका लागि केन्द्रमा एक आयुक्तको संयोजकत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति र जिल्लास्तरमा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा जिल्ला आचारसंहिता अनुगमन समिति गठन गरेको छ।
निर्वाचन आचारसंहिता उल्लंघन गरेको भेटिए आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम एक लाख रुपैयाँसम्म जरिबाना गर्न वा उम्मेदवारी रद्द गर्न सक्नेछ।
निर्वाचन आचारसंहिता
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
