यसपटकको स्ववियु निर्वाचनमा सबैभन्दा धेरै मतदाता पोखराको पृथ्वीनारायण बहुमुखी क्याम्पसमा (१० हजार ८७० जना) छन्।
काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुन लागेकाे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ।
बिहान ११ देखि दिउँसो २ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले बताए।
मतदान चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्म तोकिएको छ। यसपटकको निर्वाचनमा आंगिक क्याम्पसतर्फ करिब एक लाख ६३ हजार ८२ विद्यार्थी मतदाता रहेका छन्।
अधिकारीका अनुसार उपत्यकाका २१ क्याम्पसमा ६६ हजार छ सय ४६ र उपत्यका बाहिरका ४० क्याम्पसमा ९६ हजार चार सय ३६ विद्यार्थी मतदाता रहेका छन्। सबैभन्दा धेरै विद्यार्थी पोखराको पृथ्वीनारायण बहुमुखी क्याम्पसमा (१० हजार ८७० जना) छन्।
यस्तै उपत्यकामा सबभन्दा बढी विद्यार्थी शंकरदेव क्याम्पसमा (आठ हजार ४९० जना) रहेको अधिकारीले बताए। स्ववियु निर्वाचन करिब एक दशकदेखि हुन सकेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
