कांग्रेस उपसभापति खड्काले प्रमुख निर्वाचन आयुक्त थपलियाले बोलेको कुरा मुलुकको वर्तमान संविधानले गरेको व्यवस्थाअनुकूल नरहेको बताएका छन्।
काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भनाइप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
शुक्रबार १० दलीय गठबन्धन कार्यदलको बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधानको व्यवस्थाविपरीत अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन्।
उनले एउटै समुदायको पुरुष राष्ट्रपति हुन सक्दैन भनेर मात्रै संविधानले व्यवस्था गरेको बताए। उनले संविधानको व्यवस्थाविपरीत आयोगले निर्णय गरेको भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले बोलेको कुरा मुलुकको वर्तमान संविधानले गरेको व्यवस्था अनुकूल नरहेको स्पष्ट पारे।
उनले आयोगले निकालेको विज्ञप्ति र प्रमुख आयुक्तले बोलेको कुरा नमिल्ने भन्दै संविधानले स्पष्ट व्यवस्था गरेअनुसार नै उपराष्ट्रपतिको उम्मेदवार छनोट हुने बताए। प्रमुख आयुक्तसँग छलफल गरेर आयोगको सोचाइबारे बुझेर मात्रै आफूहरू अघि बढ्ने उनको भनाइ छ।
“प्रमुख आयुक्तले गरेको कुरा मुलुकको वर्तमान संविधानले गरेको व्यवस्थाअनुकूल छैन। आयोगले निकालेको विज्ञप्ति र प्रमुख आयुक्तले बोल्नुभएको कुरा मिल्दैन। संविधानले स्पष्ट व्यवस्था गरेको छ। प्रमुख आयुक्तसँग हामी संवाद गर्नेछौँ,” उनले भने।
उपसभापति खड्काले शुक्रबार राष्ट्रपति निर्वाचन भइसकेपछिको समीक्षाका रूपमा बैठक बसेको बताए। उनले १० दलीय गठबन्धनमा उपराष्ट्रपतिबारे कुनै छलफल नभएको भन्दै दलहरूको प्रमुख नेताहरूको बैठकपछि मात्रै उम्मेदवारको टुंगो लाग्ने स्पष्ट पारे।
“उपराष्ट्रपतिको बारेमा अहिले हाम्रो कुनै पनि छलफल भएको छैन, चाँडै नै हामी राष्ट्रपति निर्वाचनसँग जोडिएका दलहरूको प्रमुख नेताको बैठक बसेर उपराष्ट्रपति उम्मेदवारको बारेमा निर्णय गर्नेछौँ। दरखास्त दिने समयभन्दा अघि हामी सर्वसम्मतिले टुंगो लगाउँछौँ,” उनले भने, “जसपालाई दिने समझदारी आन्तरिक छलफलको विषय हो। आठ दल र त्यसमा जोडिएको १० दलको बीचमा बसेर औपचारिक निर्णय भइसकेको छैन। औपचारिक छलफल भइसकेको छैन।”
चैत्र ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि आयोगले शनिबार उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। यसअघि बिहीबार भएको राष्ट्रपति निर्वाचनमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भइसकेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
