उपराष्ट्रपति उम्मेदवारका सम्बन्धमा आवश्यक मापदण्ड बनाउन निर्वाचन आयोगका पदाधिकारीको बैठक बस्दैछ।
काठमाडौँ- उपराष्ट्रपति उम्मेदवारका सम्बन्धमा आवश्यक मापदण्ड बनाउने विषयमा निर्वाचन आयोगले शुक्रबार (आज) निर्णय गर्ने भएको छ। आयोगका पदाधिकारीको बैठकले यसबारे निर्णय लिने भएको हो।
राष्ट्रपतिमा ब्राह्मण समुदायबाट पुरुष उम्मेदवार निर्वाचित भएपछि अब उपराष्ट्रपति कुन लिंग वा समुदाय र जातको हुने भन्ने विषयमा दलहरूको फरक मत सार्वजनिक भइरहेका बेला आयोगले यस विषयमा निर्णय गर्न लागेको हो।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस विषयमा आयोगको बैठक बसेर निर्णय लिने बताए। उनले राष्ट्रपति पुरुष निर्वाचित भए उपराष्ट्रपति महिला हुनुपर्ने आयोगको धारणा रहेको बताए।
सभामुख, उपसभामुख तथा राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष, नगर-गाउँ पालिका प्रमुख र उप प्रमुख पदमा महिला र पुरुष समान सहभागिताको बाध्यात्मक सुनिश्चितता गरे पनि राष्ट्रपति र उपराष्ट्रपतिका विषयमा स्पष्ट गरेको छैन। आयोगले भने यसमा चासो दिएको छ। यता राष्ट्रपति निर्वाचित भइसकेपछि चैत ३ मा उपराष्ट्रपतिको निर्वाचन हुँदैछ। त्यसका लागि शनिबार उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम छ।
राष्ट्रपति आठ दलीय गठबन्धनका तर्फबाट निर्वाचित भएकाले उपराष्ट्रपति पनि गठबन्धनबाट नै हुने करिब निश्चित देखिन्छ । गठबन्धनमा भएको सहमति अनुसार जसपाले उपराष्ट्रपति पाउने छ। जसका लागि जसपाले बिहीबार पार्टी संसदीय दलका नेता रामसहाय प्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
आयोगले महिला नै उम्मेदवार बन्नुपर्ने धारणा अघि सारिरहेको अवस्थामा दलले पुरुष उम्मेदवार अघि सार्ने निर्णयले विवाद हुने देखिन्छ। शुक्रबार यसै मापदण्डका विषयमा आयोगले निर्णय लिन लागेको हो।
संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने भन्ने व्यवस्था गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
