आसिफ शेखले ३२औँ ओडीआईमा १ हजार रनको कोशेढुंगा पार गरेका हुन्। यसअघि नेपालबाट रोहित पौडेलले मात्र १ हजार रन पार गरेका थिए।
काठमाडौँ– आसिफ शेखले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)मा १ हजार रन पूरा गरेका छन्।
उनले ३२औँ ओडीआईमा १ हजार रनको कोशेढुंगा पार गरेका हुन्। क्रिकेट वर्ल्डकप लिग–२ अन्तर्गत पपुवा न्यू गिनी (पीएनजी) सँग कीर्तिपुरमा भइरहेको खेलमा शेखले यो उपलब्धि भेटाएका हुन्।
यसअघि उनले ३१ ओडीआईमा ९१० रन बनाएका थिए। जारी खेलको ३१.३ ओभरमा उनले पीएनजीका बलर चार्ल्स सोपरको बलमा १ रन बनाउँदै १ हजार रन पूरा गरे।
उनी अहिले ९७ रनमा खेलिरहेका छन्। यसअघि ओडीआईमा उनको एकै इनिङको उच्च रन ९० थियो। उनले २०२१ सेप्टेम्बरमा ओमानमा भएको लिग–२ अन्तर्गतकै खेलमा घरेलु टिमविरुद्ध ९० रन बनाएका थिए। तर अन्य ब्याट्स्म्यान नचल्दा ‘लो स्कोरिङ’ उक्त खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो।
यसअघि कीर्तिपुर मैदानमा भने उनको उच्च रन नटआउट ८८ थियो। २०२२ नोभेम्बर १८ मा यूएईविरुद्ध उनले नटआउट ८८ रन बनाउँदा नेपाल ६ विकेटले विजयी भएको थियो।
कीर्तिपुर मैदानमा यो उनको तेस्रो अर्धशतक हो। यसअघि उनले कीर्तिपुर मैदानमा अर्धशतक बनाएका कुनै पनि खेलमा नेपाल पराजित भएको छैन।
आसिफअघि नेपालका कप्तान रोहित पौडेलले मात्र १ हजार रनको कोशेढुंगा पार गरेका छन्। उनले ४० ओडीआईमा ११ सय ७९ रन बनाएका छन्। त्यसक्रममा एक शतक र सात अर्धशतक प्रहार गरेका छन्। पीएनजीविरुद्धको खेल उनको ४२औँ ओडीआई हो।
नेपालबाट ओडीआईमा सबैभन्दा धेरै अर्धशतक प्रहार गर्ने खेलाडी पनि आसिफ नै भएका छन्। उनले पीएनजीविरुद्ध करियरको आठौँ अर्धशतक बनाएका हुन्। नेपालबाट पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सात अर्धशतक बनाएका छन्। उनले ३५ ओडीआईमा ८५६ रन बनाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
