नेपालमा पहिलो राष्ट्रपतिको निर्वाचन २०६५ साउन ४ गते भएको थियो। उक्त निर्वाचनमा संविधानसभामा तत्काल कायम रहेका ५९४ सदस्य मतदाता थिए।
काठमाडौँ– नेपालमा २०६२/६३ को जनआन्दोलनपछि नयाँ शासन व्यवस्थाको प्रारम्भ भएसँगै पहिलो राष्ट्रपतिको निर्वाचन २०६५ साउन ४ गते भएको थियो।
संविधानसभाले राष्ट्रपतिको निर्वाचन गर्ने व्यवस्था बमोजिम भएको उक्त निर्वाचनमा संविधानसभामा तत्काल कायम रहेका ५९४ सदस्य मतदाता थिए।
केही राजनीतिक दलले भाग नलिएपछि ५७८ सदस्यले मात्र मतदान गरे। जसमा डा. रामवरण यादवले २८३ तथा रामराजाप्रसाद सिंहले २७० मत प्राप्त गरेका थिए। पहिलो चरणमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत प्राप्त गर्न नसकेको हुँदा साउन ६ गते दोस्रो चरणको निर्वाचन भएको थियो।
दोस्रो चरणमा यादवले ३०८ तथा सिंहले २८२ मत प्राप्त गरे। संविधानसभामा तत्काल कायम रहेका सदस्यको बहुमत प्राप्त भएपछि यादव नेपालको प्रथम राष्ट्रपतिमा निर्वाचित भए।
नेपालको अन्तरिम संविधान, २०६३ मा राजनीतिक सहमतिका आधारमा राष्ट्रपतिको निर्वाचन संविधानसभाले गर्ने व्यवस्था थियो। दलहरूबीच सहमति कायम हुन नसके संविधानसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था थियो।
यादव २०७२ कात्तिक ११ गतेसम्म राष्ट्रपति भए। दोस्रो राष्ट्रपतिमा एमालेबाट विद्यादेवी भण्डारी २०७२ कात्तिक ११ गते निर्वाचित भइन्।
२०७२ असोज २ गते संविधानसभाबाट नेपालको संविधान जारी भयो। संविधानमा संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट राष्ट्रपति चुनिने व्यवस्था छ।
सोही व्यवस्था अनुसार विद्यादेवी भण्डारी २०७४ फागुन २९ गते दोस्रो कार्यकालका लागि निर्वाचित भइन्। उक्त निर्वाचनमा संघीय संसद् सदस्य ३३४ र प्रदेशसभा सदस्य ५५० गरी ८८४ मतदाता रहेकामा संघीय संसद् सदस्य ३२६ र प्रदेशसभा सदस्य ५३६ गरी जम्मा ८६२ जनाले मतदान गरेका थिए।
आठ जनाको मत बदर भएको थियो। संघीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहने कानुनी व्यवस्था छ। उक्त निर्वाचनमा भण्डारीले ३९ हजार २७५ तथा कुमारी लक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गरेका थिए।
मुलुकको तेस्रो राष्ट्रपति चुन्न बिहीबार मतदान हुँदैछ। राष्ट्रपतिका लागि आठ दलीय गठबन्धनबाट कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्। राष्ट्रपति भण्डारीकाे कार्यकाल आइतबार सकिँदैछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
