मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन आज तिर्थालुहरू जनकपुरधामको अन्तरगृह परिक्रमा गर्दैछन्।
जनकपुर- मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन आज तिर्थालुहरू जनकपुरधामको अन्तरगृह परिक्रमा गरिरहेका छन्।
पञ्चकोशी भनेर चिनिने यस परिक्रमामा जनकपुरधामको नगर परिक्रमा गरिन्छ। अन्तरगृह परिक्रमामा सहभागी भए १५ दिने माध्यमिकी परिक्रमा सरह फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ। सोहीअनुसार अन्तरगृह परिक्रमामा पनि लाखौँ भक्तजनले सहभागिता जनाउने गर्दछन्।
जनकपुरधामको हनुमान नगरस्थित हनुमानगढीबाट विधिवतरूपमा शुरू भएको परिक्रमा भारतको कल्याणेश्वर, गिरिजास्थान हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही पुगी पुनः भारत बिहारको करुणा, विशौल हुँदै जनकपुरधाममा विश्राम गरेर अन्तरगृह परिक्रमा गरेसँगै मिथिलाको महाकुम्भ भनिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा मंगलबार सम्पन्न हुन लागेको हो।
परिक्रमामा सहभागीहरूका लागि यहाँका स्थानीय संघसंस्था एवं युवा क्लबहरूले ठाउँ ठाउँमा निःशुल्क स्वास्थ्य शिविर, चिया, खाजालगायतको व्यवस्था गरेका छन्। अन्तरगृह परिक्रमामा सहभागी श्रद्धालु जनकपुरधामको गंगासागरलगायत यहाँका विभिन्न धार्मिक सरोवरहरूमा स्नान वा सेचन गर्दै रामजानकी मन्दिर एवं विभिन्न देवी देवताको मन्दिरमा दर्शन गरेर कदम चोकमा पुग्दछन्।
हाल पञ्चमुखी हनुमानजीको मूर्ति स्थापना गरिएको स्थानमा पहिले ठूलो कदमको रुख थियो। कदम चोकमा पुगेर आफूले राखेको निशानी (पत्थर ) हटाएपश्चात् लक्ष्मण सागरमा सेचन गरेर लक्ष्मण अखाडामा गदाको दर्शन गर्दै सो स्थानको धुलो उडाएर परिक्रमा समापन गरिन्छ।
मिथिला परिक्रमाको धार्मिक मान्यता संसारकै सबै तीर्थहरू भन्दामाथि रहेको शास्त्रमा उल्लेख छ। परिक्रममा सहभागी स्थानीयहरूका अनुसार परिक्रमा गर्ने भनेको जनकपुरमा १५ दिन परिक्रमा गर्न नसके पनि पञ्चकोशी परिक्रमा गरेर सो सरह फल प्राप्त हुने बताउँछन्।
नाङ्गो पाउले भक्तालुहरूले परिक्रमा गर्दा भगवानको परिक्रम गरेको फल प्राप्त हुने मान्यता रहेको बताउँछन्। यो परम्परा धार्मिक हिसाबले धेरै पुरानो परम्परा रहेको र यसको परिक्रमा गर्दा सुख शान्ति प्राप्त हुने विश्वास रहेको बताउँछन्। उनीहरूले परिक्रममा नेपाल र भारतबाट समेत धेरै भक्तजनहरू आउने बताए।
अन्तरगृह परिक्रमा सम्पन्न भएको भोलिपल्ट जनकपुरमा होली खेल्ने प्रचलन छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
