होली दिन भित्राइएको आगो तापेमा घरमा सुख शान्ति हुने र रोगव्याध हटेर जाने विश्वास छ।
काञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका लहानु चौधरी देउथानमा आगो बाल्न व्यस्त छन्।
होलीमा देउथानमा बालेको नयाँ आगो घर–घरमा भित्र्याउने प्रचलन अनुसार उनले आगो बालेका हुन्। होलीका अवसरमा ‘गन्यारी’ काठबाट निकालिएको आगो घरको चुलोमा बालेर वर्ष भरी निभ्न नदिने गरिएको उनले सुनाए।
“होली दिन भित्राइएको आगो तापेमा घरमा सुख शान्ति हुने र रोगव्याध हटेर जाने विश्वास छ,” उनले भने, “देउथानमा बालिएको आगोमा गुइँठामा सल्काएर गाउँका सबैले घरमा लैजाने चलन पुस्तौँदेखि चलेको हो। यसलाई निरन्तरता दिइरहेका छौँ।”
सिमलको हाँगा गाडेर राखिएको ठाउँमा तोरीको डाँठ लगायतले बेरेर ठूलो थुम्को बनाइन्छ। थारू गाउँका गुरुवा, वडघरियाले देउथानमा तेलमा पकाइएको रोटी र गुडले पूजा गरेर दियो बालेपछि परिक्रमा गर्छन्। त्यसपछि उक्त थुम्कोमा आगो लगाउने गर्दछन्।
आगो गाउँको दक्षिणतर्फ रहेको क्षेत्रमा बाल्ने गरिन्छ। रोटी र गुड प्रसादका रूपमा बाँड्ने र ग्रहण गर्ने चलन रहेको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए। आगो लिन आएका व्यक्तिले हिँड्दै गर्दा बाटोमा छाडेको आगो निभाउनुपर्छ। आगलागी लगायतका घटना नहुन भनेर बाटोमा छुटेको आगो निभाइएको हो।
“होलीका बेला आगोलाई सगुनका रूपमा भित्र्याउने गरेका छौँ,” उनले भने, “होलीका जलाएको भोलिपल्ट गाउँका महिलाले लोटामा पानी लगेर त्यस ठाउँमा रहेको आगो बह्रनी (एक प्रकारको झाडु)ले निभाउने र सफा गर्ने गर्दछन्।” त्यसपछि रङ लगाएर रमाइलो गर्दै होली मनाउने गरिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
