एमाले महासचिव शंकर पोखरेलले उग्रवामपन्थी अतिवाद र मानवताविरुद्धको अपराधका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल देशको पक्षमा उभिन नसक्ने स्थितिमा पुगेको बताएका छन्।
काठमाडौँ- नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशको पक्षमा उभिन नसक्ने अवस्थामा पुगेको बताएका छन्।
विगतमा मानवताविरुद्धको अपराध गरेका कारण प्रधानमन्त्री प्रचण्ड देश र जनताको पक्षमा उभिनै नसक्नेगरी कायरता प्रदर्शन गर्न पुग्नु परेको महासचिव पोखरेलको तर्क छ।
२४ औँ यदु स्मृति दिवसको अवसर पारेर आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा अवलम्बन गरेको उग्र वामपन्थी अतिवादका कारण प्रधानमन्त्री प्रचण्डसँग देशलाई सही बाटोमा हिँडाउने सामर्थ्य नै नभएको दाबी समेत गरे।
महासचिव पोखरेलले पाँच दलीय गठबन्धन असफल भएपछि आफूहरूले देशलाई जोगाउनका लागि प्रचण्डलाई प्रधानमन्त्री बनाउनु परे पनि उनले त्यसलाई धान्न नसकेको बताए।
उनले भने, “उग्र वामपन्थी अतिवादले गरेको मानवताविरुद्धको अपराधका कारणले गर्दा उहाँ यति कायर बन्नुभएको छ कि देशको पक्षमा उभिन सक्नुहुन्न।”
महासचिव पोखरेलले विदेशी चलखेलका कारण मुलुकमा नयाँ समीकरण बनेको भन्दै त्यो राष्ट्र र जनताको पक्षमा नरहेको पटकपटक दोहोर्याए।
उनले मुलुकलाई सही बाटोमा अघि बढाउनका लागि देशभक्त, वाम–लोकतान्त्रिक शक्तिहरुबीच बलियो सहकार्यको आवश्यकता रहेको पनि बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
