यू-१९ टोलीका कप्तान देव खनालले विश्वकपमा छनोट हुनु आफ्ना लागि सपनाजस्तै भएको बताए।
काठमाडौँ– विश्वकपमा छनोट भएको नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। यूएईमा भएको विश्वकप छनोट खेलेर सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप खेल्ने सुनिश्चित गरी टोली स्वदेश फर्किएको हो। नेपाली टोली शुक्रबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो।
आईसीसी यु–१९ विश्वकप एशिया छनोटको बिहीबार सम्पन्न खेलमा यूएईमाथि सात रनको रोमाञ्चक जित निकाल्दै नेपाल विश्वकपका लागि छनोट भएको थियो। यस जितसँगै नेपालले सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप खेल्ने पक्का भएको छ।

नेपाल आएपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रशिक्षक जगत टमाटाले नेपालको फिल्डिङ र बलिङका कारण विश्वकपमा छनोट भएको बताए। उनले सबै खेलाडीले मिहिनेत गरेर खेल्दा जित हात पारेको र फाइनल खेलमा यूएईसँगका अन्तिम तीन विकेट जादुमय भएको बताए। उनले विश्वकप २०२४ मा हुने भएकाले अब विश्वकपका लागि धेरै समय बाँकी रहेकाले राम्रो नतिजा निकाल्ने गरी खेल्ने बताए।

त्यस्तै, यू-१९ टोलीका कप्तान देव खनालले सबै खेलाडीको मिहिनेतले नेपाल विश्वकपमा छनोट भएको बताए। उनले टुर्नामेन्टमा जाँदा धेरै चुनौती भए पनि आगामी दिनमा आफूलाई झनै प्रमाणित गरेर जाने चुनौती रहेको उल्लेख गरे। उनले विश्वकपमा छनोट हुनु आफ्ना लागि एउटा सपनाजस्तै भएको बताए।

त्यस्तै, बलर दीपेश कँडेलले ह्याट्रिक विकेटभन्दा पनि आफ्नो टिमले जितेकोमा खुशी लागेको बताए। उनले आफू अन्तिम ओभर बलिङ गर्न आउँदा आफ्नो जीवनको फर्स्ट एन्ट लास्ट ओभर सोचेर बलिङ गरेको सुनाए।
नेपाल सन् २०१६ पछि पहिलोपटक विश्वकपका लागि छनोट भएको हो। यसअघि नेपालले सन् २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ को यू–१९ विश्वकप खेलेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
