नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार नेम्वाङले लोसपा अध्यक्ष ठाकुरलाई भेटेर आफूलाई मत दिन आग्रह गरेका छन्।
काठमाडौँ– नेकपा एमालेबाट राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङले लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन्। राष्ट्रपति निर्वाचन नजिकिएसँगै उम्मेदवार नेम्वाङले आफूलाई राष्ट्रपतिमा सहयोग गर्न अध्यक्ष ठाकुरलाई आग्रह गरेका हुन्।
भेटका क्रममा उम्मेदवार नेम्वाङले आफूलाई राष्ट्रपतिमा मतदान गर्न आग्रह गरेको र अध्यक्ष ठाकुरले पार्टीको बैठकबाट निर्णय गर्ने बताएको लोसपा नेता राजेन्द्र महतोले बताए।
उनले आफू आठ दलीय गठबन्धनमा सहभागी रहेकाले पार्टीको बैठकबाट नै यसबारेमा निर्णय गर्ने जवाफ दिएको बताए। "हामी आठ दलीय गठबन्धनमा सहभागी छौँ। र पनि उहाँले आग्रह गर्नुभएको छ। हाम्रो अध्यक्षले पार्टीको बैठकमा आग्रह गर्छौं, कुरा गर्छौं भन्नुभएको छ", उनले भने।
त्यस्तै, भेटपछि नेकपा एमाले सचिव योगेशकुमार भट्टराईले अहिलेको राष्ट्रपति निर्वाचनमा नेम्वाङको उम्मेदवारी न्यायोचित उम्मेदवारी भएकाले लोसपा पनि सकारात्मक रहेको बताए। "संविधान, कानून बुझेको, संविधान निर्माणमा नै अग्रसर रहेकाले उहाँ (नेम्वाङ) नै उपयुक्त हुनुहुन्छ", उनले भने, "बैठक बसेर निर्णय गर्ने कुरा गर्नुभएको छ, तर उहाँहरूको प्रतिक्रिया सकारात्मक पाएका छौँ।"
सचिव भट्टराईले राष्ट्रपतिका उम्मेदवार नेम्वाङ र प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पनि भेट भएको र प्रधानमन्त्री सकारात्मक रहेको बताए।
"माओवादीका अध्यक्ष एवं प्रधानमन्त्रीसँग पनि हामीले भेट गरेका छौँ, यसमा प्रधानमन्त्री सकारात्मक कुरा भएको बुझेका छौँ", उनले भने। राष्ट्रपति निर्वाचनमा गठजोड, गठबन्धन बनाएर देशलाई विभाजित गर्न नहुने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
