परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०७९ मा कक्षा ९ अध्ययनरत साधारण, परम्परागत र प्रविधिक धारतर्फ नियमितरूपमा अध्ययनरत विद्यार्थीहरूका लागि रजिस्ट्रेसन फारम खोलेको छ।
काठमाडौँ - २०८० सालको नियमित माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागिताका लागि परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले रजिस्ट्रेसन फारम खोलेको छ।
पनिकाले शैक्षिक सत्र २०७९ मा कक्षा ९ अध्ययनरत साधारण, परम्परागत संस्कृत/वेदविद्याश्रम/गुरुकुल/मदरसा/गोन्पा) र प्राविधिक धारतर्फ नियमितरूपमा अध्ययनरत विद्यार्थीहरूका लागि रजिस्ट्रेसन फारम खोलेको जनाएको छ।
रजिस्ट्रेसन फाराम शुक्रबार (आज)देखि चैत मसान्तसम्म भर्न सकिने पनिकाले जनाएको छ। त्यस्तै, २०८० सालको वैशाख १५ गतेसम्म दोब्बर दस्तुरमा फारम भर्न सकिने छ।
पनिकाले एक सूचना प्रकाशित गर्दै विद्यालयलाई विद्यार्थीको फाराम भर्दा पछिसम्म फरक नपर्ने गरी फाराम भर्न/भराउन आग्रह गरेको छ।
सूचनामा भनिएको छ, “विद्यालयहरूले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको नाम, थर, जन्ममिति, आमा, बाबुको नाम ठीकसँग भरे/नभरेको रुजु गर्ने, गराउने र पछिसम्म फरक नपर्ने गरी प्रमाणित गर्ने।”
पनिकाको अनुसार अक्षरांकन पद्धतिबाट कक्षा ८ पूरा गरेको वा सो सरहको वार्षिक परीक्षामा उत्तीर्ण भएकाले फाराम भर्न सक्नेछन्।
फारम भर्ने २०७२ देखि २०७७ सम्मका विद्यार्थीले अनिवार्य विषयमा न्यूनतम डी प्लस ग्रेड र २०७८ सालमा न्यूनतम डी ग्रेड प्राप्त गरेको ग्रेटसिट र जन्मदर्ता प्रमाणपत्र बुझाउनुपर्ने पनिकाले जनाएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
