आफ्नै छोरीको हत्या गरेको आरोपमा बागलुङ जैमिनी–४ सर्कुवा बस्ने सायर दिन पक्राउ परेका छन्।
बागलुङ- बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवामा आफ्नै दुई वर्षीया छोरीको हत्या गरेको आरोपमा बाबु पक्राउ परेका छन्।
बुधबार साँझ सर्कुवाका २० वर्षीय सायर दिनले आफ्नै दुई वर्षकी छोरी आरिसा दिनको विभत्स हत्या गरेको प्रहरीले जनाएको छ।
घरमा कोही नभएको मौका पारेर सायरले छोरीको टाउकोमा प्रहार गरेका बताइएको छ। टाउकोमा गहिरो चोट लागेकी आरिसाको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए।
हत्यामा संलग्न भएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका उनले प्रारम्भिक सोधपुछका क्रममा छोरीको हत्या स्वीकार गरेको नायब उपरीक्षक थापाले जानकारी दिए।
छोरीको हत्यापछि घर छोडेर भागेका दिनलाई गाउँमै लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो। बालिका हत्याका विषयमा परिवारले प्रहरीलाई खबर गरेको थियो।
अहिले बालिकाको शव पोस्टमार्टमका लागि धौलागिरि अस्पताल बागलुङमा राखिएको छ। सायरले के कति कारणले छोरीको हत्या गरे भन्ने विषयमा अझै नखुलेको र अनुसन्धान जारी रहेको उपरीक्षक थापाले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
