निर्वाचन प्रयोजनका लागि दलले पेश गरेको बन्दसूचीको जाँचबुझ गरी अन्तिम बन्दसूची प्रकाशन गरिएको आयोगले जनाएको छ।
काठमाडौँ- निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरेको छ।
निर्वाचन प्रयोजनका लागि दलले पेश गरेको बन्दसूचीको जाँचबुझ गरी अन्तिम बन्दसूची प्रकाशन गरिएको आयोगले जनाएको छ। प्रतिनिधिसभाको समानुपातिकतर्फ लागि दुई हजार १९९ जना उम्मेदवार रहेका छन्।
प्रदेशसभा सदस्य निर्वाचनतर्फ प्रदेश-१ का लागि ६१६, मधेशका लागि ८६३, बागमतीका ७५४, गण्डकीका लागि ३४४, लुम्बिनीका ५७९, कर्णालीका लागि २०० र सुदूरपश्चिम प्रदेशका लागि ३५२ उम्मेदवार छन्।
सो समानुपातिकतर्फ दलले पेश गरेको बन्दसूचीमा नाम समावेश भएकामध्ये दाबी विरोधको जाँचबुझ, जरिवाना नतिरेका, लाभको पदमा रहेका र कालोसूचीमा रहेका ५५० जनाको नाम सूचीबाट हटाइएको आयोगले जनाएको छ। समानुपातिक प्रणालीतर्फ लागि राजनीतिक दलले पेश गरेको बन्दसूचीमा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यमा गरी ६ हजार ४५७ उम्मेदवार थिए।
प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूची
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
