एन्फाले राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा भिन्सेन्जो अल्बर्टो एनेसलाई नियुक्त गरेको छ।
काठमाडौँ- नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा भिन्सेन्जो अल्बर्टो एनेस नियुक्त भएका छन्।
बुधबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) हाउसमा बसेको कार्यसमित बैठकले एनेसलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो।
राष्ट्रिय टोलीमा रहेका १० खेलाडीसँगको विवाद र एन्फा अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएपछि कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएका थिए। गत असोज १० गते बसेको एन्फा कार्यसमिति बैठकले उनले दिएको राजीनामा स्वीकृत गरेको थियो।
उनी बाहिरिएसँगै घरेलु मैदानमा बंगलादेश र पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा एन्फाले क्रमशः प्रदिप हुमागाईं र प्रवेश कटुवाललाई कार्यवाहक प्रशिक्षक बनाएको थियो। त्यसयता एन्फा नयाँ प्रशिक्षकको खोजिमा थियो।
एन्फाले आवेदन दिएर सर्टलिस्टमा परेका प्रशिक्षकलाई अन्तर्वार्ताका लागि भौतिक रुपमै उपस्थिती हुनुपर्ने शर्त राखेको थियो। तर, एनेसमात्र अन्तर्वार्ताका लागि उपस्थित भएकाले उनलाई नियुक्त गरिएको हो।
हाल उनी इन्डियन आई लिगको क्लब नर्थइस्ट युनाइटेडका मु्ख्य प्रशिक्षक रहेका छन्। उनले यसअघि घानाको बेचेम एफसी, प्यालेस्टाइनको अलीअल खालिल, इन्डोनेसियाको पिसिस सिमाराङ र भारतकै गोकुलम केरेला एएफसीमा प्रशिक्षण दिइसकेका छन्।
नर्थइस्ट युनाइटेड गत सिजन २० खेलमा १ मात्रैमा जित हात पारेको थियो। यस सिजनको ५ खेलमा पनि नर्थस्ट युनाइटेडले १ खेलमा मात्रै जित हात पारेको छ।
एनेस काठमाडौँ आइसकेका छन्। उनी बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केपी ओली फुटबल प्रतियोगिताको फाइनल खेल हेर्न पुगेका थिए। फाइनल खेलमा मछिन्द्र र सातदोबाटो युथ क्लब भिड्दै छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
